मनोमानी शुल्क वृद्धि खारेजीको माग राख्दै विद्यार्थी संगठनद्धारा प्रजिअलाई ज्ञापनपत्र

मनोमानी शुल्क वृद्धि खारेजीको माग राख्दै विद्यार्थी संगठनद्धारा प्रजिअलाई ज्ञापनपत्र

घनश्याम पौडेल
अर्घाखाँची, २९ चैत । अर्घाखाँची जिल्लामा रहेका विद्यार्थी संगठनले प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई संयुक्त प्रेस विज्ञप्ती मार्फत ध्यानाकर्षण गराएका छन् । विगत लामो समयदेखी अर्घाखाँची जिल्लामा क्रियाशिल संयुक्त विद्यार्थी संगठनहरु निरन्तर रुपमा विद्यार्थीहरुको हकहित र अधिकारको लागी संघर्षगत रहेको भन्दै उनीहरुले ज्ञापनपत्र बुझाएका हुन ।

नयाँ वर्षको आगमन सँगै जिल्लामा रहेका निजी र सरकारी विद्यालयले विभिन्न वाहाना बनाउँदै विद्यार्थीहरुबाट प्रत्येक वर्ष मनोमानी ढंगले शुल्कमा वृद्धि गरेको प्रति संयुक्त विद्यार्थी संघर्ष समितीको गम्भीर ध्यानाकर्षण भएको उनीहरुले ज्ञापनपत्रमा उल्लेख गरेको अखिल क्रान्तिकारीका जिल्ला संयोजक लक्ष्मण खड्काले जानकारी दिए ।

उनीहरुले ७ वुदे मागमा वृद्धि गरिएको शुल्क तत्काल नियन्त्रण गर्न, अवैधानिक ढङ्गबाट सञ्चालन गरिएको शैक्षिक संस्था, ट्युशन सेन्टर र कन्सल्टेन्सीहरु तत्काल बन्द राख्न माग गरेका छन् । निजी विद्यालयले दिने १० प्रतिशत छात्रावृद्धि पारदर्र्शी रुपमा लागु गर्न, छोटो तथा लामो दुरीका यातायातमा ४५ प्रतिशत छुटको पुर्ण रुपमा कार्यान्वयन गर्न, कर्मचारी, नेता र जनप्रतिनिधीका छोराछोरीहरुले अनिवार्य रुपमा सरकारी विद्यालयमा पढाउँनुपर्ने, निजी विद्यालयले कार्यरत कर्मचारीलाई सरकारले तोकेबमोजिमको सेवा सुविधा दिन, विद्यालय हाताबाट विक्री वितरण गर्ने कार्य बन्द गर्ने माग राखेको नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष भरतमणि भट्टराईले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय सँगसँगै जिल्ला समन्वय समिती, शिक्षा विकास तथा समन्वय इकाइ, प्याब्सन तथा एनप्याब्सन, पश्चिम नेपाल बस, देउराली यातायात, लंका यातायात र जिल्लाका ६ वटै स्थानीय तहमा ज्ञापनपत्र बुझाउँने अनेरास्ववियुका प्रतिनिधी सागर परियारले बताए ।

ज्ञापन पत्र बुझाउँनका लागी नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल छैठौँ, अखिल क्रान्तिकारी विप्लव लगाएतका विद्यार्थी संगठनको उपस्थित रहेको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.