शान्ती र समृद्धिको पक्षमा पत्रकारले कलम चलाउनु पर्ने एक कार्यक्रमका वक्ताहरुको जोड


श्याम घिमिरे चैत्र २९ अर्घाखाँची –
शान्ती र समृद्धिको पक्षमा कलम चलाउन एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । उनीहरुले राजनितिक परिवर्तनमा विशेष योग्दान दिएको सञ्चार क्षेत्रले दिगोशान्ती, शुसासन र समृद्धीको पक्षमा आवाज उठाउनुपर्ने बताए । बिहिबार अर्घाखाँची जिल्लाबाट सञ्चालीत हिन्दुखबर डटकमद्धारा तयार भएको क्यालेण्डर बिमोचन तथा नयाँ वर्ष २०७६ साल विशेष शुभकामना आदानप्रदान कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरुले सञ्चारको विकास विना मुलुकको सम्वृद्धि सम्भव नभएको बताए ।


उनीहरुले आवाज विहिनहरुको आवाज भएर जनचेतना अभिवृद्धि गर्न पत्रकार हरुलाई आग्रह गरे । जिल्ला समन्वय समितीका प्रमुख पिताम्बर शर्मा भुसालले छोटो अवधिमा हिन्दुखबर डटकमले सञ्चार क्षेत्रमा महत्वपुर्ण योग्दान दिएको बताए । उनले पत्रकारीताको विकास र प्रवद्र्धनको निम्ती आफू हर किसिमले सहयोग गर्न तयार रहेको बताए । कार्यक्रममा मन्तव्य राख्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कमल भुसालले विकास र समृद्धीको अभियानमा पत्रकारहरुले साथ दिनुपर्नेमा जोड दिए ।


उनले भने सहि कामलाई सही र गलत कामलाई गलत भनी कसैको पछाडी नलागी पत्रकारीता गर्न आग्रह गरे । उपप्रमुख ठाकुर कुमार विकले कसैलाई काखा र कसैलाई पाखा नराखी पित पत्रकारीता नगर्नका लागी आग्रह गरे । उनले हिन्दुखबर डटकले सूचना प्रवाहमा जिल्लाका लागी योग्दान पुु¥याएको बताए ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक नवराज मल्लले जिल्लाको सूचना प्रवाहमा हिन्दुखबर डटकमको भुमिका महत्वपुर्ण रहेको बताए । उनले सत्य र तथ्य सहित सूचना प्रवाह गर्नका लागी पत्रकारलाई आग्रह गरे ।


पत्रकार महासंघका जिल्ला अध्यक्ष हिमबहादुर जिसी लेकाली, प्रदेश सदस्य शोभाखर पन्थीले हिन्दुखबर डटकम सञ्चालनले जिल्लाको पत्रकारीता र सूचना प्रवाहमा महत्वपुर्ण अङ्ग रहेको बताए । उनीहरुले हिन्दुखबर डटकमलाई सत्य र तथ्यमा आधारीत रही सूचना प्रवाह गर्नका लागी आग्रह गरे ।
कार्यक्रम हिन्दुखबर डटकमका प्रवन्ध सम्पादक घनश्याम पौडेलको अध्यक्षता, सम्पादक हरिप्रसाद पौडेलको स्वागत र सल्लाहकार कृष्णप्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।
अर्घाखाँची जिल्लाबाट सञ्चालनमा आएको हिन्दुखबर डटकम नेपाल सरकार सूचना तथा प्रसारण विभाग, अनलाईन सञ्चार माध्यममा दर्ता भएको अनलाईन हो । २०७४ साल मंसिर ६ गतेबाट हिन्दुखबर डटकम सञ्चालनमा आएको हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.