स्थानीय सरकारसँगको साझेदारी बलियो बनाउदै नागरिक समाज

हिमबहादुर जिसी लेकाली चैत्र २९ अर्घाखाँची :

नागरिक समाज र स्थानीय सरकारबीचको साँझेदारीले सुशासन तथा जवाफदेहितामा प्रभावकारीता बढ्ने सन्धिखर्क नगरप्रमुख कमल प्रसाद भुसालले बताउनुभएको छ । एकीकृत ग्रामीण विकास समाज तथा पारष्परिक जवाफेहिता परियोजना अन्र्तगत साझेदारी मञ्च बैठकमा संयोजक समेत रहेका नगर प्रमुख भुसालले सरकारका गतिबिधी नियाल्ने र सुझाव सँगै सहकार्य नागरिक समाजको महत्वपूर्ण पक्ष रहेको बताउनुभयो ।

उहाँले आम नागरिक सचेतना नागरिक समाजको माध्यमबाट प्रभावकारी हुँदै आएको भन्दै स्थानीय सभामा उठेका बिषयहरु सम्बोधन गर्ने पनि प्रतिबद्धता जाहेर गर्नुभयो । भुसालले उहाँले शिक्षा, स्वास्थ्य र कृषि आधारभूत पक्ष भएको भन्दै यि क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्ने पनि बताउनुभयो । नगर उप–प्रमुख ठाकुर कुमार बि।कले सुशासन, जवाफदेहिता, पारदर्शीता अहिलेको युगको अपरिहार्य बिषय भएको बताउनुभयो ।

उहाँले संस्थाले गर्दै आएका गतिबिधीले टोल बस्ती देखि नगरपालिकालाई समेत सचेत र सुशासन मैत्री बताउन सघाएको बताउनुभयो । नागरिक समाज स्वयम पारदर्शी र जवाफदेहि बन्न एकीकृत ग्रामीण विकास समाजले महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाई थियो । प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलले नागरिक समाजले सरकारलाई वाचडगको रुपमा सहयोग पु¥याइ रहेको बताउनुभयो ।

स्थानीय सभा संयोजक तथा ११ नम्बर वडाध्यक्ष धुर्वराज आचार्यले संस्थाले वडा कार्यालयमा समेत सुशासन तथा जवाफदेहिता अभिबृद्धि गर्न सघाएको बताउनुभयो । आचार्यले वडा कार्यालयमा गुनासो पेटिका, सूचना पार्टी लगायतका सामाजिक जवाफदेहिताका औजारहरु प्रयोग गर्न सहयोग पु¥याएको बताउनुभयो । उहाँले संस्थाकै पहलमा वडा कार्यालयको सार्वजनिक सुनुवाई गर्ने तयारी भएको पनि बताउनुभयो ।

कार्यक्रममा एकीकृत ग्रामीण विकास समाजका अध्यक्ष हृदयकुमार भुसालले स्थानीय सभामा उठेका सवाल तथा साझेदारी मञ्चले गर्ने कार्यहरुको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल, १२ वटै वडाका वडाध्यक्ष तथा कार्यापालिका सदस्य र शिक्षा, स्वास्थ्य र कृषि शाखाका संयोजक, पत्रकार महासंघका जिल्ला अध्यक्ष हिमबहादुर जिसी ‘लेकाली’ लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण संस्थाका जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठले गर्नुभएको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.