कल्याणीको समाज बदल्ने अभियान

     

बिरेन्द्र केसी चैत्र ३० अर्घाखाँची –
कल्याणी सेवा नेपालका सदस्यहरुले अध्यक्ष सुशीला बञ्जाडे समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन । सन्धिखर्क स्थित कल्याणीको कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा कान्तिपुर दैनिकका उपसम्पादक वीरेन्द्र केसी र सबै पदाधिकारी उपस्थित थिए । केही महिना अघि जिल्लाका समाजसेवी महिलाहरु मिलेर गठन भएको कल्याणीले सामाजिक काममा क्रियाशिल रहेको छ । बञ्जाडेको नेतृत्वमा गठित कार्य समितिमा ७ जना छन ।

२९ जना सदस्य रहेको कल्याणीले छोटो अवधीमै सामाजिक अभियन्ताको रुपमा राम्रो काम गर्दै आएको छ । सामाजिक सोच, विचार र भावनामा रहेका महिलाहरुको संस्था कल्याणीले चुत्रावेशी स्थित भद्रीखोलामा रहेका वादी समुदायलाई न्यानो कपडा वितरण, आगालागी, मृगौला र क्यान्सर पीडितलाई उपचार खर्चको लागि आर्थिक सहयोग गर्दै आएको छ । साथै महिलालाई अचार बनाउने तालिम, कानूनी साक्षरता, लैंगिक हिंसा न्युनिकरण लगायतका विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

निस्वार्थ भावनाले समाजसेवा गर्ने, गरिब दुखी, रोगीको उद्धारमा सहयोग गर्दै आएको कल्याणीले आगामी दिनमा पनि नौला कार्यक्रम गर्ने योजना अघि बढाएको छ । अब आत्महत्या न्युनिकरण सम्बन्धी मनोपरामर्श तालिम र बालविवाह न्युनिकरण सम्बन्धी कार्यक्रम सञ्चालन गरिने अध्यक्ष सुशीला बञ्जाडेले बताउनुभयो ।

महिलालाई कानूनी साक्षरण तालिम गर्ने कार्यक्रम रहेको सचिव एवं अधिवक्ता पवित्रा बञ्जाडेले बताउनुभयो । महिनावारी हु“दा महिलाले गर्नुपर्ने सरसफाइ लगायतका थुप्रै कार्यक्रम गर्ने योजना रहेको सदस्य कमला भण्डारीले बताउनुभयो । संस्थाले विभिन्न सीपमुलक तालिम पनि सञ्चालन गरेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.