पत्रकार महासंघ द्धारा पत्रकार रिहाइका लागि थप आन्दोलन सार्वजनिक , विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ को खारेजी गर्नुपर्ने माग राख्दै भोली देशभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना

सन्धिखर्क एफएम बैशाख ४ अर्घाखाँची –
विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ को खारेजी एवम् अर्जुन गिरी सहितका पक्राउ गरिएका पत्रकारको विनाशर्त रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । महासंघका महासचिव रमेश विष्टद्धारा जारी प्रेस वक्तव्यमा जनाइए अनुसार आज बैशाख ४ गते विभिन्न संचार माध्यम र सामाजिक संजाल मार्फत् विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ को खारेजी तथा पत्रकार पक्राउको विरोध गर्ने ।

भोली बैशाख ५ गते विहान साढे ९ देखी साढे १० बजे सम्म नेपाल पत्रकार महासंघ जिल्ला शाखा मार्फत् देशैभरका सबै जिल्ला प्रसासन कार्यालयमा १ घण्टा धर्ना बस्ने र भोली नै केन्द्रीय समितिले गृहमन्त्रात्रालय र संचार मन्त्रालय मार्फत् विरोध पत्र बुझाउने कार्यक्रम तय गरिएको छ । त्यसपछिका आन्दोलनका कार्यक्रम तय गर्न भोली नै केन्द्रीय समितिको उपलब्ध बैठक बस्ने महासंघले जनाइएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.