सनपा १२ का सरकारी बिद्यालयमा यस शैक्षिक सत्र देखि बाल बिकास र कक्षा एकमा अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु हुने

बिक्रम पाण्डे समान्ता बैशाख ०३ – अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा न १२ का सरकारी बिद्यालयहरु यस शैक्षिक सत्र देखि अङ्ग्रेजी माध्यममा कक्षा सन्चालन गर्न तयार रहेको बताएका छन् । मंगलबार सन्धिखर्क १२ को वडा कार्यालयमा सरोकारवाला बिच भएको बैठकमा वडाका सरकारी बिद्यालयका प्रधानाध्यापक तथा शिक्षकले आफू अङ्ग्रेजी माध्यमको शिक्षा सन्चालनको लागि तयार रहेको बताएका हुन् ।

बैठकले यस शैक्षिक सत्र देखि माबी बिद्यालयको सहकार्यमा अनिवार्य रुपमा बाल बिकास कक्षा र कक्षा एकमा अङ्ग्रेजी माध्यममा पठन पाठन सन्चालन गर्ने निर्णय गरेको छ । साथै बैठकले प्रत्येक वर्ष एक कक्षा थप गरि अङ्ग्रेजी माध्यममै कक्षा सन्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकमा बिहान ६ बजे देखि साझ ६ बजे सम्मको समयलाई मदिरा बेचबिखन तथा सेवनलाई कसरी रोकथाम एवं नियन्त्रण गर्न सकिन्छ भन्ने सन्दर्भमा समेत वडाले सरोकारवाला सङ्ग सुझाव संकलन समेत गरेको छ ।

यस बिसयमा पछि बैठक बसी निर्णय गरीने वडा अध्यक्ष नारायण खड्काले जानकारी दिए । बैठकमा बिद्यालय प्र अ , शिक्षक , राजनीति दलका प्रमुख तथा प्रतिनिधि , जनप्रतिनिधि पत्रकार लगायको सहभागीता रहेको पत्रका बिक्रम पाण्डे समान्ताले खबर पठाएका छन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.