जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीमा पत्रकार महासंघको धर्ना

५ बैशाख – पोखराका पत्रकार अर्जुन गिरीलाई पक्राउ गरी विद्युतिय कारोबार ऐन अन्तर्गत मुद्दा लगाइएको विरोधमा नेपाल पत्रकार महासंघले आज देशभर आन्दोलन गरेको छ । महासंघ केन्द्रिय कार्यालयले आज बिहान ९:३० देखि १०:३० सम्म जिल्ला शाखा मार्फत जिल्लामा एक घन्टा धर्ना दिने र महासंघ केन्द्रीय समितिले गृह र सञ्चार मन्त्रालयमार्फत विरोधपत्र बुझाउने कार्यक्रम तय गरेको थियो।


सोही कार्यक्रम अन्तर्गत अर्घाखाँचीमा पनी आज १ घन्टा जिल्ला प्रशासन कार्यलयमा धर्ना दिईएको छ ।  विद्युतिय कारोबार ऎनको दफा ४७ र ४८ को खारेजी तथा गिरफ्तार गरिएका पत्रकारहरुको रिहाइको माग गर्दै जिल्ला प्रशासन अर्घाखाँचीमा धर्ना दिईएको पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम बहादुर जिसी लेकालीले जानकारी दिनुभयो । साथै धर्ना कार्यक्रम पश्चात दफा ४७ र ४८ को खारेजी तथा पत्रकारहरुको रिहाइको माग गर्दै प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने मार्फत सरकारलाई पत्रकार महासंघको टोलीले ज्ञापनपत्र बुझाएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.