पार्वती आधारभूत विद्यालयल पटुवाथुमद्धारा ६० औँ वार्षिक उत्सव

विक्रम पाण्डे समान्ता बैशाख ०५ , अर्घाखाँची –

अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालीका वडा १ पटुवाथुममा रहेको पार्वती आधारभूत विद्यालयले आज एक कार्यक्रमको वीच ६० औँ वार्षिक उत्सव , अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम सन्धिखर्क नगरपालीका वडा नं. १ की वडा सदस्य सुमित्रा मुखियाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै वडा सदस्य मुखियाले विद्यालयको जस्तो सुकै सहयोगको लागी वडा सधै तयार बताएकी थिइन् । उनले सरकारी विद्यालयमा विद्यार्थीहरुको संख्यामा तिब्रता दिनको लागी विद्यायल सङगै अभिभावक तथा समाज पनि जागरुप हुनु पर्ने कुरामा जोड दिइन् ।

उनले अव समाज राष्ट्रले बैज्ञानिक र ब्यबहारीक शिक्षा खोजेको हुनाले सोही अनुसारको शिक्षा दिन सरकारी विद्यालय तयार हुनु पर्ने बताइन् । कार्यक्रममा पूर्व विद्यालय ब्यबस्थापन समितिका अध्यक्षद्धय अम्बर बहादुर श्रेष्ठ , सुवास श्रेष्ठ , लगायतले मन्तब्य राखेको थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद पराजुलीले विद्यालयको आर्थिक वर्ष ०७४ ÷०७५ को ४६ लाख बराबरको आयब्यय प्रस्तुत गरेका थिए ।

उनले विद्यालयको भौतिक तथा शैक्षिक अबस्थाको बारेमा प्रकास पारेका थिए । कार्यक्रममा २०७५ सालको वार्षिक परीक्षा तथा विद्यालयले संचालन गरेका अतिरक्ति कृयाकलापमा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कारले सम्मानित गरीएको थियो । कार्यक्रममा विद्यार्थीहरुले गीत र नृत्यद्धारा सहभागी अभिभावक तथा दर्षकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रम विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शिव बहादुर भट्टराइृको अध्यक्षता , शिक्षक गोरख श्रेष्ठको स्वागत मन्तब्य तथा शिक्षक गोपाल पन्थीको संचालनमा सम्पन्न भएको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.