भुमिकास्थान ९ ढिकुरा सुर्सीङको जङ्गलमा लागेको आगो अझै सम्म पनि नियन्त्रणमा आउन सकेन

श्याम घिमिरे बैशाख १४ अर्घाखाँची-
भुमिकास्थान नगरपालीका ९ ढिकुरा सुर्सीङको जङ्गलमा हिजो बेलुका देखि लागेको आगो अझै सम्म पनि नियन्त्रणमा आउन सकेको छैन । आगो सुर्सीङ बस्तीको नजिकै पुगेको स्थानिय बिन्दु घिमिरेले टेलिफोन मार्फत जानकारी दिनुभएको छ । उक्त क्षेत्रमा हावा चलेको कारण आगो नियन्त्रण गर्न समस्या परेको बताईएको छ । आगोलाई नियन्त्रण गर्न स्थानिय बासीन्दा , नेपाली सेना,शसस्त्र प्रहरी,नेपाल प्रहरी र दमकल सहितको टोली हिजो देखिनै खटीएको छ । आगो निभाउने प्रयास भैरहेपनी अझै सम्म आगो नियन्त्रणमा नआएको स्थानीयहरुले जनाकारी दिएका छन । अहिले पनि आगोलाई नियन्त्रण गर्न प्रयास भईरहेको छ । स्थानीयहरुले आगो नियन्त्रणमा सहयोग गरीदिनुहुन सबैलाई अनुरोध समेत गरेका छन ।