होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ अर्घाखाँचीको अध्यक्षमा ठकुरी निर्वाचित, नेकपा निकट व्यवसायीले एकलौटी ढंगले समिति गठन गरेको भन्दै काँग्रेस निकट व्यवसायीहरु समितिमा नबस्ने

श्याम घिमिरे बैशाख १४ अर्घाखाँची –

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ अर्घाखाँचीको अध्यक्षमा होटल व्यवसायी मोहन सिंह ठकुरी निर्वाचित भएका छन । गत चैत्र २३ गते सन्धिखर्कमा उद्घाटन भएको पाचौं जिल्ला अधिबेशनले ठकुरीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्य समितिको चयन गरेको हो ।

जसको वरिष्ठ उपाध्यक्षमा बाबुराम पन्थी , प्रथम उपाध्यक्ष नारायण प्रसाद अधिकारी, द्वितीय उपाध्यक्ष राजु पन्थी, महासचिब विष्णुप्रसाद बन्जाडे , सचिब बाबुराम घिमिरे, सह सचिब चुराबहादुर घर्ती , कोषाध्यक्ष डिलाराम बन्जाडे र सहकोषाध्यक्षमा वसन्त बहादुर खड्का निर्वाचित भएका हुन ।

यस्तै समितिको सदस्यहरुमा गोविन्द प्रसाद भुसाल , अश्मिता कुमाल, खिमप्रसाद खनाल, चेतनारायण भुसाल, जीवनकुमार श्रेष्ठ , सावित्रा खनाल, कृष्ण पौडेल र बिष्णुप्रसाद पराजुली रहेको निर्वाचन मण्डलका संयोजक केबि भुसालले जानकारी दिए ।

यस अघि चैत्र २३ गते अधिवेसनको उद्घाटन भएपनि व्यवसायीहरुको आन्तरीक तयारी नभएको भन्दै निर्वाचन मण्डलले सुचना निकालेर निर्वाचनका सम्पुर्ण कार्यक्रमहरु स्थगन गरेको यियो । यता नवनिर्वाचित अध्यक्ष ठकुरीले आफ्नो कार्यकालमा होटल तथा रेष्टुरेन्ट व्यवसायको विकासका लागि सबै पक्ष संग मिलेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

यसैबिच नेपाल कम्युनिष्ट पार्टी नेकपाले एकलौटी ढंगले समिति बनाएको भन्दै काँग्रेस निकटका व्यवसायिहरू उक्त समितिबाट बाहिरिने काँग्रेस नेता कृष्ण खनालले बताएका छन । निर्वाचन समितिका सदस्य समेत रहेका खनालले सुक्रबार सन्धिखर्कमा पत्रकार सम्मेलन गरि समितिबाट बाहिरिएको घोषणा गरेका हुन ।

खनालले काँग्रेस निकटका व्यवसायिहरूले नेकपाको विवाद मिलाउनकालागि महिनौ दिन सम्म पर्खिएको तर, काँग्रेसले पाएको वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित भएका ब्यक्तीलाई सल्लाह र जानकारी बिना हटाईएको भन्दै काँगे्रस निकट ब्यबसायीहरु समितिमा नबस्ने घोषणा गरेका हुन ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.