अर्घाखाँचीमा ट्राफिक सप्ताहव्यापि कार्यक्रम सुरू
श्याम घिमिरे बैशाख १५ अर्घाखाँची –

अर्घाखाँची जिल्लामा ट्राफिक सप्ताहव्यापि कार्यक्रम सनिबारबाट सुरू भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा सडक सभ्यता अभिवृद्धिमूलक सप्ताहव्यापि कार्यक्रमको एक कार्यक्रमका बिच सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा मनतब्य राख्दै नगरप्रमुख भुसालले दुर्घटना न्युनिकरणका लागि सबै पक्ष अग्रसर भै लाग्नुपर्ने बताए । भुसालले दुर्घटना न्युनिकरणका लागि जिल्लाका ६ वटै स्थानिय तहमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले ट्राफीक ब्यबस्थापनको कार्यमा सन्धिखर्क नगरपालिकाले सधै सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले सामान्य लापरबाहीको कारण दुर्घटना हुने भएकाले समयमै सचेत रहन सबैलाई आग्रह गरे । लामीछानेले ट्राफिक प्रहरी दिनरात धुलोधुवाँ, जाडो, गर्मि पानि नभनि अहोरात्र खटिनुपर्ने भएकाले प्रहरीलाई सबैले सहयोग गर्न आग्रह गरे ।


कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नवराज मल्लले ५ नम्बर प्रदेशमा धेरै सबारी दुर्घटना भएको बताउदै आगामी दिनमा दुर्घटना न्युनिकरणकालागी सबै लाग्नुपर्ने बताए । कार्यक्रममा जिल्लाका यातायात व्यवसायीहरुको तर्फबाट देउराली यातायात व्यवसायी समितीका अध्यक्ष योगेन्द्र खड्का, पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकाली लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम ट्राफीक प्रहरी जवान नारायण पराजुलीको सन्चालनमा सम्पन्न भएको हो । यस अघि बिहान सन्धिखर्क र चुत्राबेसी बजारमा प्रभातफेरी समेत गरीएको थियो ।




