नेपाल राष्ट्रिय शिक्षक संगठन पाणीनी गाउँपालिकाको भेला सम्पन्न


श्याम घिमिरे बैशाख १५ अर्घाखाँची –
नेपाल राष्ट्रिय शिक्षक संगठन पाणीनी गाउँपालिकाको भेला सुक्रबार सम्पन्न भएको छ । भेलाले ईन्दीरा बन्जाडेको अध्यक्षतामा ११ सदस्यीय वडा नं ७ को वडा समिति निर्माण गरेको छ । जसको उपाध्यक्षमा भरतमणि पौडेल ,सचिव नरेश के सि र कोषाध्यक्षमा सरस्वती महोत्रा चयन हुनुभएको छ । यस्तै धर्मराज अर्यालको अध्यक्षतामा ११ सदस्यीय वडानं.८ को वडा समिति पनि गठन गरिएको छ । जसको उपाध्यक्षमा राधा घिमिरे ,सचिव पदम प्रसाद खनाल र कोषाध्यक्षमा ज्ञानु अर्याल चयन हुनुभएको छ ।

कार्यक्रममा मन्तब्य राख्दै नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति उपाध्यक्ष सीता बन्जाडेले शिक्षकहरुको हकहित र अधिकारका निम्ति एकताबद्ध भएर अगाडि बड्ने बताउनु भयो । कार्यक्रममा निर्वाचित दुबै अध्यक्षहरूले प्रतिबद्धता मन्तब्य समेत राख्नु भएको थियो । कार्यक्रम पाणिनि गाउँपालिका अध्यक्ष मीन बहादुर थापाको अध्यक्षता,उपाध्यक्ष बिष्णु पंन्थीको स्वागत मनतब्य र कृष्ण प्रसाद पोख्रेलको सञ्चालनमा सम्पन्न भएको हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.