मालारानीमा रानी

बैशाख १५ अर्घाखाँची – करिब दुई मिटर तेर्सो परेर ठडिएको गुरासको फेंदमा एउटा कुवा छ । त्यसमा आधा जति पानी सधै देखिन्छ । हा“गाबिंगामा फैलिएको उक्त गुरा“स ढकमक्क फुल्छ । अलि माथि पट्टी मालारानी मन्दिर । छेवमै साप, हनुमान र बाघको शालिक छन । पथ्थरै पथ्थरको पहाडमा गुरासको जंगल । बीचबाट युद्धको बेला जनमुक्ती सेनाले बाटो छेडिदिएपछि महत्व झनै बढयो ।

जिल्लाभित्रै धेरैलाई गुरास फुल्ने ठाउको बारेमा जानकारी छैन । गुरासको वन मालारानी सदरमुकामबाट टाढा पनि छैन । फागुन÷चैत तिर यहा“ नजाने कमै हुन्छन । ढकमक्क राताम्मै जंगल, मन्दिरमा दर्शन गर्ने, कुवाको पानी हातले शिरमा चढाउनेको ता“ती नै हुन्छ । अरु बेला पनि मन्दिर आउने भत्तजन खाली हु“दैनन् । सुन्दरताले परिपूर्ण बेग्लै महत्वलाई राष्ट्रिय स्तरमा चिनाउन थप पर्यटकीय संरचना बनाउनु पर्छ भन्ने मालारानी गाउ“पालिका–३ का वडाध्यक्ष स्वर्गीय जीवन चौहानको भनाइलाई योजनाकाहरुले पच्छाइहेका छन । मन्दिर माथिको घेरको लेकबाट सिंगो जिल्ला सहित, गुल्मी, पाल्पा र तराइको भूभाग देख्न सकिन्छ । चितुवा, घोरल, स्याल लगायतका जंगली जनावर बस्छन ।


यो जंगलबाट तत्कालिन माओवादी जनमुक्ती सेनाले सडकको ट्रयाक खोलेपछि निर्माण पूर्वी र पश्चिमी गाउ“को दुरी नजिकियो । निर्माण भैरहेको पोखरा–अर्घाखा“ची–सुर्खेत पनि यही बाटो निर्धारण गरिएपछि मालारानीले थप चर्चा पाएको छ । यस क्षेत्रका वासिन्दलो गाई, भैसी ब्याएपछि दूध चढाएपछि राम्रो हुने धार्मिक मान्यता रहेको मन्दिर नजिकैका भोजबहादुर बस्नेतले बताउनुभयो ।

‘चितुवा लगायत जंगली जनावरको कराएको र हिडेको देखिन्छ तर, अहिलेसम्म कसैलाई आक्रमण गरेको थाहा छैन,’ उहाले भन्नुभयो, ‘मनको इच्छा पुरा हुने भन्दै दैनिक तीर्थालु आउ“छन । गुरा“स फुल्ने अवधिभर धेरै संख्यामा आन्तरिक पर्यटक भित्रिन्छन ।’ मन्दिर, कुवामा जाने एक छिन बस्ने गुरा“स टिप्ने फुल खाने, तस्बिर खिच्ने र सामाजिक सञ्जालमा फोटो पोष्ट धेरैले गर्ने उनले बताए । यहा“ सेता र रातो गुरा“स पाइन्छ । गुरा“सको फेदको पानी शरिरमा छर्कपछि पवित्र भइन्छ भन्ने विश्वास छ । जति तीर्थालुले पानी झिकेपनि घट्दैन । करिब ४५ मिनेट पैदल हिडेर मन्दिर आइपुग्न लाग्थ्यो । सडक भएपछि गाडीमै आएर दर्शन गर्ने सजिलो भएको छ । यही मन्दिरमै नामबाट गाउ“पालिकाको नाम राखिएको छ । अर्घा भगवती मन्दिर (दरबार) मा दसै पूर्णिमाको दिन यस क्षेत्रको ऐतिहासिक सराय जात्रा लाग्छ । यहा“बाट भगवान घेरको लेखमा गएर बसेको र पछि स्थानीयले मालारानी मन्दिर बनाएर पुजापाठ गर्ने परम्परा शुरु गरेका थिए ।

मन्दिरदेखि पश्चिमको रतनमारे र पूर्वको खनदहमा रेष्टुरेन्ट खोल्नेक्रम बढदो छ । मन्दिर देखि माथिको अग्लो चुचुरोमा पैद मार्ग निर्माण भएको छ । चुचुरोमा पुगेपछि जतिबेला पनि चिसो हावा चल्छ । गर्मीको बेला डा“डामा बस्ने धेरै नै हुन्छन । यहा“ जडिबुटी पनि प्रशस्तै छन । पत्ता नलागेर खेर गएका छन । कन्दमुल उस्तै छन । मन्दिर तलपट्टीको साकिनधारा गाउ“मा सुन्तला खेती राम्रो छ । यहा“बाट माछापुछ्रे, धौलागिरि र अन्नपूर्ण हिमश्रंखलाहरु देख्न सकिन्छ । रमणीय क्षेत्र मालारानीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न बजेट नछुट्टाए स्थानीय खुसी हु“दैनन् ।
‘घेरको लेकमा बसेर हेर्दा चारैतिर देखिन्छ, पहिलेको जस्तो छैन, तीर्थालुको आवतजावत वर्षेनी बाक्लिदै छ,’ स्थानीय जर्नादन खनालले भन्नुभयो, ‘जंगल अहिले पर्यटकीय क्षेत्रको रुपमा विकास भयो । बजारमा व्यस्त हुनेहरु परिवारै लिएर घुम्न आउ“छन ।’ जंगल, पथ्थर सहितको पहाडलाई चिनाउन प्रचारप्रसारमा जुटेको उहाले बताउनुभयो ।

यसलाई पर्यटकीय गन्तव्यको रुपमा परिणत गर्न जनप्रतिनिधि र नेतालेको जोडबल नै छ । स्थानीयले संरक्षण गरेका छन । ‘ऐतिहासिक महत्व बोेकेको स्थान हो,’ मालारानी गाउ“पालिका अध्यक्ष बालकृष्ण आचार्यले भन्नुभयो, ‘यस आर्थिक वर्ष ५ लाख बजेट छ । पर्यटन मन्त्रालयमा पनि बजेट माग गरेका छौं । सबैको आकर्षक गन्तव्य बनाउन प्रयास गरेका छौं ।’ पोखरा–सुर्खेत सडक पनि यही बाटोमै जोडिएकाले यसलाई पीच गरेपछि सवारी साधन धेरै आवतजागत गर्नेछन । वर्षामा पानी परेको बेला चिप्लो हुन्छ । वाह्रै महिना गाडी चल्न पीच गर्नुपर्छ । पर्यटकीय क्षेत्रका हिसाबले महत्वपूर्ण सम्पत्ती हो, संरचना निर्माण र प्रचारप्रचारको काम भैरहेको प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र मरासीनिले बताउनुभयो । source jananikhabar.com

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.