जिल्ला प्रसासन कार्यालय अर्घाखाँचीमा स्तनपान कक्ष सुरु ।

Image may contain: Prem Lamichhane and Kamal Prasad Bhusal, people smiling




Image may contain: 2 people, tree and outdoor

श्याम घिमिरे बैशाख १७ अर्घाखाँची-

जिल्ला प्रसासन कार्यालयलाई महिला मैत्री बनाउने अभियान अन्तर्गत जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा स्तनपान कक्ष सञ्चालन गरिएको छ । स्तनपान कक्षको मंगलबार सन्धिखर्क नगरप्रमुख कमलप्रसाद भुसालले उद्घाटन गरे । स्तनपान कक्षको उद्घाटन गर्दे नगरप्रमुख भुसालले प्रशासन कार्यालयमा महिलाहरुको असुबिधालाई सम्बोधन गर्न स्तनपान कक्षको निर्माण गरएिको बताए । भुसालले स्तनपान कक्ष देख्दा सामान्य लाग्ने भएपनि दीर्घकालिन रुपमा वाल बच्चा र महिलाको हकमा महत्वपुर्ण हुने बताए ।

Image may contain: 1 person, outdoor

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछानेले पछिल्लो समय कार्यालयमा सेवा लिन आउने महिलाहरुको संख्या बढ्दै जाने र कार्यालय भित्र काम हुँदाहुँदै केहि समय कुर्नुपर्ने अवस्थामा सहज रुपमा आफ्ना बालबालिकाको हेरचाह गर्न सकुन र सुरक्षित स्थानमा स्तनपान गराउन सकुन भन्ने उद्धेश्यले स्तनपान कक्ष संचालनमा ल्याईएको बताए ।

Image may contain: Bishnuraj Belbase, tree and outdoor

महिलाहरुलाई बच्चालाई सहज रुपमा दुध चुसाउने व्यवस्थाका लागि स्तनपान कक्ष निर्माण गरिएको प्रजिअ लामीछानेले जानकारी दिए । सन्धिखर्क नगरपालिकाको आर्थिक सहयोगमा प्रशासनमा बनेको स्तनपान कक्षको नगरप्रमुख कमल भुसाल र प्रजिअ लामिछानेले संयुक्त रूपमा उद्घाटन गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसी ‘लकाली’ सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्वासे लगायतले मनतब्य राखेका थिए ।

Image may contain: Prem Lamichhane and Kamal Prasad Bhusal, people smiling
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.