सिद्धेश्वर शिवालय मन्दिरमा शिवमहापुराण ज्ञान महायज्ञ हुने ।

Image may contain: one or more people
शिद्धेश्वर शिवालय मन्दिर चुत्रावेशीमा ११ दिने शिव महापुरण ज्ञानमहायज्ञ हुने

सन्धिखर्क एफएम ,बैशाख १७ अर्घाखाँची –

प्रशिद्ध धार्मिक स्थल सिद्धेश्वर शिवालय मन्दिर सन्धिखर्क २ चुत्रावेसी अर्घाखाँचीमा यहि बैशाख २३ गतेदेखी ११ दिने शिवमहापुराण ज्ञान महायज्ञ हुने भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कको काख चुत्रावेसी भक्तिटोलमा नेपालमै पहिलो पटक पूर्ण स्फटिक जडित शीवलिङ्ग ठडाएर निर्माण गरिएको सिद्धेश्वर शीवालय मन्दिरको महत्व बुझाउन र धार्मिक,पौराणिक,सांस्कृतिक पक्षको संरक्षण र सम्बद्र्धनको निम्ती महायज्ञ हुन लागेको हो ।

Image may contain: 7 people, including Rajkumar Shrestha, people standing and indoor

जिल्ला तथा मुलुककै शान्तिको संकल्प गर्दै पण्डित नारायण प्रसाद आचार्यको मुखारविन्दुबाट कथा वाचन हुने महायज्ञको बैशाख २३ गते विहान ८ बजे भव्य कलशयात्रा गरि सुभारम्भ हुने मूल आयोजक समितिले सोमबार मन्दिर परिसरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । नेपाल तथा भारतका विभिन्न चर्चित धार्मिक स्थलहरुमा प्रवचन गर्दै आउनुभएका चर्चित पण्डित आचार्यबाट दिउसो १ बजेबाट कथा वाचन हुने कार्यक्रममा हरेक दिन विहान ८ बजेदेखी विधिवत पुजाआजा,भजनकृतन,रुद्री पुजा,होम लगायतका कार्यक्रम हुने आयोजकले जनाएको छ ।

Image may contain: 2 people, crowd

११ दिन सम्म चल्ने ज्ञान महायज्ञमा विहान ८ बजेदेखी साँझ ५ बजे सम्मका सबै धार्मिक कार्यक्रमलाई आकर्षक र व्यबस्थित पार्नको निम्ती डिलाराम भुसालको संयोजकत्वमा १ सय १ सदस्यीय ११ दिने शिवपुराण ज्ञान महायज्ञ सम्पादन मुल आयोजक समिति र झन्डै डेढ दर्जन जति विधागत उप–समितिको गठन गरिएको छ ।

आयोजकको तर्फबाट संस्थाका सचिब कृष्ण प्रसाद भुसालको सहजीकरणमा सम्पन्न पत्रकार सम्मेलनमा मन्दिर संचालन समितिका अध्यक्ष नार।यण प्रसाद खनाल र नेत्र प्रसाद भुसाल लगायतले विषयबस्तुमाथी प्रकाश पार्दै महोत्सव सम्पन्न गर्न झण्डै १० लाख रुपैंया खर्च हुने अनुमान गरिएको बताउनुभएको हो । धार्मिक महोत्सवमा गएपछि जर्वजस्ती पैसा दिनुपर्छ भन्ने नकरात्मक छाप मेटाउनको निम्ती यस महायज्ञ मार्फत दान कहरले होइन रहरले गरौं, भन्ने सन्देश दिन खोजिएको आयोजकले बताएको छ ।

No photo description available.

११ दिन सम्म चल्ने महायज्ञमा झन्डै ६० जनाको टिमले हरेक कार्यक्रमलाई निकै आकर्षक र विधिपुर्वक संचालन गर्ने गरि तयारी गरिएकोले एक पटक यज्ञको दर्शन गरि पुण्य कमाउन आयोजकले आम नागरिक संग अपिल समेत गरेको छ । महायज्ञ आगामी जेठ २ गतेसम्म सञ्चालन हुने पत्रकार गोपाल भट्टराईले जानकारी दिनु भएको छ ।

Image may contain: one or more people
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.