Monthly Archives: May 2019

ट्राफिक सप्ताह अन्तरगत चालक र सहचालकको स्वास्थ्य परिक्षण गरीयो

श्याम घिमिरे बैशाख १८ अर्घाखाँची – ट्राफिक सप्ताहको पाँचौ आज गाडी चालक र सहचालकको स्वास्थ्य परिक्षण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा सन्धिखर्क नगरपालिका वडानम्वर १० बिहार बजारमा स्वास्थ्य परिक्षण गरिएको हो । करीब ७० जना चालक र सहचालकको आँखा जाच , ब्लड प्रेसर लगायत अन्य स्वास्थ्य अबस्थाको चेक जाच गरिएको ट्राफिक प्रहरी जबान नारायण पराजुलीले जानकारी

Read more

प्रेस स्वतन्त्रता प्रति अहिलेको सरकार प्रतिबद्ध छ –पुर्बउपप्रधान मन्त्री रायमाझी

श्याम घिमिरे बैशाख १८ अर्घाखाँची- पूर्वउपप्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले प्रेस स्वतन्त्रता प्रति अहिलेको सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । नेपाल पत्रकार महासंघ अर्घाखाँचीले विश्व प्रेश स्वतन्त्रता दिवशको पूर्वसन्ध्यामा बुधबार सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको नयाँ वर्ष विशेष शुभकामना आदान प्रदान तथा महासंघको भित्ते पात्रो बिमोचन कार्यक्रमलाई संबोधन गर्दै रायमाझीले यस्तो बताउनु भएको हो । पत्रकारीता ब्यक्तीबादी नभएर

Read more

अर्घाखाँचीमा पनी १३० औँ अन्तराष्ट्रिय श्रमिक दिवस मनाइँयो

श्याम घिमिरे ,बैशाख १८ – सन् १८८६ मा अमेरिकाको सिकागो सहरमा ८ घन्टा काम, ८ घन्टा आराम र ८ घण्टा मनोरञ्जन भन्ने मुख्य नारा सहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा आज विश्वभर श्रमिक दिवस मनाईएको छ । अमेरीकामा श्रमिकहरुका बिभिन्न माग राखी सुरु गरीएको उक्त आन्दोलनको क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले

Read more

सर्वहारा बर्गको मुक्तिका निम्ति मजदुर आन्दोलनको भुमिका महत्वपुर्ण हुने, नेकपा स्थायी कमिटी सदस्य रायमाझीको भनाई

शोभाखर पन्थी बैशाख १८ अर्घाखाँची- नेपाल ट्रेडयुनियन महासंघ र अखिल नेपाल ट्रेडयुनियन महासंघ अर्घाखाँचीले आज विभिन्न कार्यक्रमको आयोजना गरि संयुक्तरूपमा १३० औं श्रमिक मजदुर दिबस मनाएका छन् । कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझीले सर्वहारा बर्गको मुक्तिका निम्ति मजदुर आन्दोलनको भुमिका महत्वपुर्ण हुने बताउनु भयो । मुलुकमा राजनीतिक परिबर्तन भएपनि जनताको जीवन स्तर माथी

Read more

नेपाल ट्रेड युनियन कांग्रेस अर्घाखाँचीद्धारा विरामीहरुलाई फलफुल वितरण

विक्रम पाण्डे समान्ता  अर्घाखाँची । `श्रमको सम्मान गरौँ, श्रम शक्ति नै राष्ट्र शक्ति हो´ भन्ने मुल आदर्श वाक्यलाई आत्मसाथ गर्दै  १३० औँ अन्तर्राष्ट्रिय मजदुर तथा श्रमीक दिवसको अबसरमा नेपाल ट्रेड युनियन कांग्रेस अर्घाखाँचीले सन्धिखर्क अस्पताल अर्घाखाँचीमा रहेका विरामीहरुलाई फलफुल वितरण गरी मनाएको छ । फलफुल वितरण गर्दै सन्धिखर्क नगरपालीकाका नगर प्रमुख कमल प्रसाद भुसालले विरामीहरुको स्वास्थ्य लाभको कामना गर्दै आजको दिनले आफुले

Read more