ट्राफिक सप्ताह अन्तरगत चालक र सहचालकको स्वास्थ्य परिक्षण गरीयो

Image may contain: one or more people and people sitting


श्याम घिमिरे बैशाख १८ अर्घाखाँची –
ट्राफिक सप्ताहको पाँचौ आज गाडी चालक र सहचालकको स्वास्थ्य परिक्षण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा सन्धिखर्क नगरपालिका वडानम्वर १० बिहार बजारमा स्वास्थ्य परिक्षण गरिएको हो । करीब ७० जना चालक र सहचालकको आँखा जाच , ब्लड प्रेसर लगायत अन्य स्वास्थ्य अबस्थाको चेक जाच गरिएको ट्राफिक प्रहरी जबान नारायण पराजुलीले जानकारी दिनुभयो ।

Image may contain: one or more people and people sitting


गाडी चालक र सहचालकको स्वास्थ्य परिक्षण संगै यात्रुहरुलाई पनि ट्राफिक नियम र सुरक्षीत यात्रा कसरी गर्न सकिन्छ भनेर प्रशिक्षण पनि दिईएको प्रहरी नायब उपरीक्षक नबराज मल्लले बताउनु भयो । पछीललो समय जिल्लामा दुर्घटना न्युनिकरण गर्नका लागी जिल्ला ट्राफिक प्रहरीले सचेतना मुलक कार्यक्रमहरु सन्चालन गरीरहेको छ ।

Image may contain: one or more people and people sitting


कार्यक्रमको दौरानमा जिल्लामा ओभरलोड बोक्ने गाडी, लाईसेन्स नभएका चालक, मदिरा सेवन गर्ने चालक लगायतलाई ट्राफिकले कार्वाही पनि गरेको ट्राफिक कार्यालय अर्घाखाँचीका प्रमुख राजिप श्रेष्ठले बताउनु भयो ।

Image may contain: one or more people, people sitting, crowd and outdoor
Image may contain: one or more people, people standing and outdoor


विहारमा भएको कार्यक्रममा यातायात व्यवसायी, स्थानीय बासिन्दा लगाउतको उपस्थित रहेको थियो । दुर्घटना न्युनिकरण गर्नका लागी प्रहरीले बिद्यार्थी गाडी चालक र सर्बसाधारणलाई चेतनामुलक जानकारी समेत गराएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.