नेपाल ट्रेड युनियन कांग्रेस अर्घाखाँचीद्धारा विरामीहरुलाई फलफुल वितरण

नेपाल ट्रेड युनियन कांग्रेस अर्घाखाँचीद्धारा विरामीहरुलाई फलफुल वितरण

विक्रम पाण्डे समान्ता 
 अर्घाखाँची । `श्रमको सम्मान गरौँ, श्रम शक्ति नै राष्ट्र शक्ति हो´ भन्ने मुल आदर्श वाक्यलाई आत्मसाथ गर्दै  १३० औँ अन्तर्राष्ट्रिय मजदुर तथा श्रमीक दिवसको अबसरमा नेपाल ट्रेड युनियन कांग्रेस अर्घाखाँचीले सन्धिखर्क अस्पताल अर्घाखाँचीमा रहेका विरामीहरुलाई फलफुल वितरण गरी मनाएको छ ।

फलफुल वितरण गर्दै सन्धिखर्क नगरपालीकाका नगर प्रमुख कमल प्रसाद भुसालले विरामीहरुको स्वास्थ्य लाभको कामना गर्दै आजको दिनले आफुले गर्ने हरेक श्रममा आधारीत कार्यहरुमा आप्ःनो हक र अधिकारको निम्ती डटेर अगाडी बढ्नु पर्ने बताए । उनले कसैले पनि श्रमको अबमुल्यन गर्न नहुने भन्दै श्रमको सम्मान गर्नु पर्ने कुरामा जोड दिए ।

कार्यक्रममा नेपाली काङ्गेस जिल्ला उपसभापति शान्ता भण्डारीले सम्पूर्ण विरामीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै श्रमीक दिवसको शुभकामना ब्यक्त गरीन् । उनले सरकारको अनुगमन गर्ने संयन्त्र सही रुपमा अगाडी नआउँदा देशका हरेक क्षेत्रमा काम गर्ने मजदुर बर्गहरुले पाउनु पर्ने न्यूनतम पारीश्रमीक नपाएको बताइन् ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलय प्रमुख जगन्नाथ तिवारीले विरामीहरुलाई फलफुल वितरण गरेको नेपाल ट्रेड युनियन कांग्रेस अर्घाखाँचीलाई धन्यवाद दिए ।

फलफुल वितरणमा नेपाल यातायात मजदुर संघका केन्द्रिय सल्लाहकार  चन्द्र ढकाल , नेपाल ट्रेड युनियन कांग्रेसका पाँच नं. प्रदेस सचिव नन्दराम भट्टराई ,  नेपाल ट्रेड युनियन कांग्रेस सन्धिखर्क नगरपालीकाका सचिव प्रकास परीयार , सदस्य उमा बस्याल लगायतको उपस्थिी रहेको थियो ।

कार्यक्रम  नेपाल ट्रेड युनियन कांग्रेसस अर्घाखाँची अध्यक्ष सुमन्त बस्याल हरीओमको अध्यक्षता , उपाध्यक्ष राधाराम आचार्यको स्वागत मन्तब्य तथा सचिव गणेशराज पौडेलको सञ्चालनमा सम्पन्न भएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.