प्रेस स्वतन्त्रता प्रति अहिलेको सरकार प्रतिबद्ध छ –पुर्बउपप्रधान मन्त्री रायमाझी

श्याम घिमिरे बैशाख १८ अर्घाखाँची-
पूर्वउपप्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले प्रेस स्वतन्त्रता प्रति अहिलेको सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । नेपाल पत्रकार महासंघ अर्घाखाँचीले विश्व प्रेश स्वतन्त्रता दिवशको पूर्वसन्ध्यामा बुधबार सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको नयाँ वर्ष विशेष शुभकामना आदान प्रदान तथा महासंघको भित्ते पात्रो बिमोचन कार्यक्रमलाई संबोधन गर्दै रायमाझीले यस्तो बताउनु भएको हो ।


पत्रकारीता ब्यक्तीबादी नभएर समाज र राष्ट्रलाई सकारात्मक बाटो तर्फ उन्मुख गराउने खालको हुनु पर्ने भन्दै अबको पत्रकारीता राष्ट्रिय एजेण्डामा आधारीत हुनु पर्ने बताउनु भयो । अहिले पत्रकारहरुमा सत्यतथ्य भन्दा पनि ब्यक्तिबादी सोच हावी भएको भन्दै पत्रकारहरुको कलम बिकास र समृद्धिमा लम्कनुपर्नेमा जोड दिनु भयो ।


प्रदेस सभा सदस्य रामजी प्रसाद घिमिरेले पत्रकारले सधै नकारात्मक पक्षलाई मात्र नभएर सकारात्मक पक्षलाई पनि जनता माझ पुराउनु पर्ने बताउनु भयो । घिमिरेले पुरानो मानसिकतालाई त्यागी बिकास र समृद्धिमा लाग्न सबैलाई आग्रह समेत गर्नुभयो ।


कार्यक्रममा सन्धिखर्क नगरपालीका प्रमुख कमल प्रसाद भुसाल, उप प्रमुख ठाकुर कुमार विक , प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने , नेकपा ५ नं प्रदेश सदस्य छमकुमारी खनाल , नेपाली काँग्रेस जिल्ला सदस्य कृष्ण खनाल , राजमोका गोविन्द विसी , नयाँ शक्ति पार्टीका संयोजक गोकर्ण थापा , परीवार दलका डिल्लीराज भुसाल , साझा विबेकशील पार्टीका हरी प्रसाद भुसाल , नेपाल पत्रकार महासंघका ५ नं. प्रदेश सदस्य शोभाखर पन्थी,पुर्ब अध्यक्ष निमबहादुर रीजाल लगायतले मनतब्य राख्नु भएको हो ।

कार्यक्रम महासंघका अध्यक्ष हिमबहादुर जिसीको अध्यक्षता,उपाध्यक्ष गणेश खनालको स्वागत मनतब्य र सचिब सुर्य भुसालको सन्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.