अर्घाखाँचीमा साप्ताहिक ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न

अर्घाखाँचीमा साप्ताहिक ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न


सन्धिखर्क एफएम, २१ बैशाख – अर्घाखाँचीमा साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा सड्क सभ्यता अभिवृद्धिमूलक सप्ताहव्यापि कार्यक्रमको समापान सन्धिखर्क नगरपालिकाका प्रमुख कमल भुसालले गरे । समापनमा दुर्घटना न्युनिकरणका लागि सबै एकजुट भएर लाग्न आग्रह गरे । उनले दुर्घटना न्युनिकरणका लागि सबै स्थानिय तहमा सचेततामुलक कार्यक्रम सञ्चालन गर्न र सन्धिखर्क नगरपालिकाले सक्दो सहयोग गर्ने बताए ।

उपप्रमुख ठाकुर कुमार विकले दुर्घटनाका कारण ज्यान जानू निकै दुखत खबर हो, जसका लागि समयमै सबै सचेत रहनुपर्ने बताए । ट्राफिकको दुर्घटना न्युनिकरणमा महत्वपुर्ण योग्दान रहेको विकले बताए ।
प्रमुख जिल्ला अधिकारी प्रेम लामिछानेले सामान्य लापरबाहीले दुर्घटना भएकाले समयमै सचेत रहन आग्रह गरेका छन् । ट्राफिक प्रहरी २४ सै घण्टा धुलो, धुवाँ, पानि, जाडो, गर्मि नभनि खटिनुपर्ने भएकाले सबैले साथ र सहयोग रहेमा दुर्घटना क मगर्न सकिने बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज मल्लले साप्ताहिक ट्राफिक कार्यक्रम प्रभावकारी भएको बताए । उनले आउदो दिनमा दुर्घटना नगराउँनका लागी सबै लाग्नुपर्नेमा जोड दिए । उनले ट्राफिक प्रहरी अहोरात्र खटेर जनताको सेवामा लागेको मल्ल बताए ।

कार्यक्रममा सम्पुर्ण यातायात व्यवसायीको तर्फबाट देउराली यातायात व्यवसायी समितीका अध्यक्ष योगेन्द्र खड्का, पत्रकार महासंघका उपाध्यक्ष गणेश खनाल लगाएतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन नारायण पराजुलीले गरेका थिए ।

साप्ताहिक रुपमा हुने कार्यक्रममा विद्याथीलाई सचेतना, चालकको स्वास्थ्य पशिक्षण, चेतना, सन्धिखर्कमा जेवा क्रसिङ्ग लगाएतका कार्यक्रम सम्पन्न गरेको ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख राजु श्रेष्ठले जानकारी दिए । source:hindukhabar.com

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.