गाउँगाउँमा नागरीकता वितरण स्थानीय खुसी ।

श्याम घिमिरे बैशाख २१ अर्घाखाँची –

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले गाउँगाउँमा नागरिकता वितरण सुरु गरेको छ । सर्वसाधारणलाई गाउँमै सार्वजनिक सेवा उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयको आयोजना र मालारानी गाउँपालीकाको सहयोगमा सनिबार मालारानी ६ को हंसपुर रतनमारेमा एकीकृत घुिम्त सेबा शिविर सम्पन्न भएको छ । आफ्नै घरआँगनमा नागरिकता पाएसंगै बिकट र बिपन्न नागरिकले राज्यको अनुभुुति गर्न पाएका छन् ।

मालारानी गाउँपालिका वडानम्वर ६ हंसपुर सिस्नेरीकी २८ बर्षीय सुमित्रा थापाले गाउँमै नागरिकता पाएपछि खुसी लागेको बताउनुभयो । शिविरमा ९९ जना महिला र ४९ जना पुरुष गरी कुल १ सय ४८ जना सेबाग्राहीहरुले नागरिकता प्राप्त गरेका छन् । यस्तै १ सय ८७ जनाले मतदाता परिचयपत्र र ३१ जनाले अपाङ्गता परीचयपत्र लिएको सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्बासेले जानकारी दिनुभयो ।

१३ सय भन्दा बढी सेबाग्राहीहरुले प्रत्यक्षरुपमा सेबा लिएको शिबिरमा, बिपन्न र असाहय परिवार बढि लाभाम्वीत भएको मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिनुभयो । राज्यको सेवा गाउँघरमै र बिपन्न एवं अशक्तहरुलाई महसुस बनाउनकै लागि शिविर आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी पे्रमलाल लामीछानेको भनाई छ ।

एकीकृत घुम्ती सेबा शिविर मार्फत जिल्ला प्रशासन कार्यालयले नेपाली नागरिकताको प्रमाणपत्र बितरण, निर्वाचन कार्यालयले फोटो सहितको मतदाता नाम दर्ता , मालारानी गाउँपालीकाले अपाङ्गता परीचयपत्र बितरण, अर्घाखाँची अस्पताल,स्वास्थ्य कार्यालयल , आयुर्वेद अस्पताल र आँखा उपचार केन्द्रबाट स्वास्थ्य परिक्षण एवं आँखा परीक्षण तथा निशुल्क औषधी वितरण र मानब अंग प्रत्यारोपण केन्द्रले मुटुको परीक्षण, ईसीजी र ब्लडसुगर जाँच लगायतका सेबाहरु उपलब्ध गराएका थिए ।


यस्तै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले समुदाय प्रहरी साझेदारी तथा विद्यालय प्रहरी सम्पर्क कार्यक्रम अन्तर्गत लागू औषध, मदिरा सेवन, लैङ्गिक हिंसा, जबरजस्तीकरणी, सामाजिक तथा साईबर अपराध एवं सवारी दुर्घटना सम्बन्धि सचेतनामुलक कार्यक्रम लगायतका सेबा सुबिधाहरु प्रदान गरीएको गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज मरासीनीले बताउनु भयो । पछिल्लो समय जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा जिल्लाका बिभिन्न ५ स्थानमा एकिकृत घुम्ती सेबा शिबिर सम्पन्न भएका छन ।







