साकोस जोखिम बिश्लेषण कार्यशाला गोष्टि सम्पन्न


श्याम घिमिरे बैशाख २१ अर्घाखाँची –

अर्घाखाँची जिल्ला वचत तथा ऋण सहकारी संघको समन्वय र नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघको आयोजनामा साकोस जोखिम बिश्लेषण कार्यशाला गोष्टि बुधबार सन्धिखर्कमा सम्पन्न भएको छ ।

कार्यक्रम नेफ्स्कुन संचालक एवं ५ न. प्रदेश संयोजक कुष्ण नेपालको अध्यक्षता, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालको प्रमुख अथित्यता र नेफ्स्कुन महासचिव चन्द्र प्रसाद ढकालको प्रशिक्षणआत्मक मनतब्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला वचत संघ अर्घाखाँचीका अध्यक्ष प्रकाश भुसाल र उपाध्यक्ष दोण प्रसाद भुसालले प्रशिक्षणात्मक स्वागत मन्तव्य राख्नु भएको हो । ३१ संस्थाका ६५ जना सदस्यहरुको सहभागीको रहेको कार्यक्रममा बचत तथा ऋण सहकारी संस्थाहरुमा हुन सक्ने जोखिम ब्यवस्थापनका लागि समिक्षा गरि जिल्ला बचत तथा ऋणका आगामी नीति कार्यक्रम , नेफ्स्कुन र पालिकाहरु संग सहकार्य गर्न यहि बैशाख २७ गते शुक्रबार बिहान ११ बजे अर्घाखाँची उद्योग बाणिज्य संघको हलमा विशेष भेला गर्ने निर्णय गरिएको छ ।

उक्त भेलामा सहभागीताको लागी जिल्लाभरका सबै बचत तथा ऋण सहकारी संस्थालाई अनिवार्य उपस्तिथिकोलागि आमन्त्रण समेत गरीएको अर्घाखाँची जिल्ला वचत तथा ऋण सहकारी संघले जनाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.