सरकारको एक वर्ष उपलब्धी विहीन – पुर्ब मन्त्री भुसाल

Image may contain: 3 people, including Birendra Kc and Ganesh Poudel, people sitting and people standing


श्याम घिमिरे बैशाख २२, अर्घाखाँचीे –
नेपाली कांग्रेसका पुर्वकेन्द्रीय सदस्य एवं पुर्वमन्त्री रेवतीप्रसाद भुसालले सरकारको एक वर्ष उपलब्धी विहीन भएको र लोकतन्त्र नै मास्ने खतरा देखिएको बताउनु भएको छ । नेपाल प्रेस युनियन अर्घाखाँची शाखाले आईतबार सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भुसालले सरकारको एक वर्ष उपलब्धी विहीन भएको र लोकतन्त्र नै मास्ने खतरा देखिएकाले कांग्रेसले जागरण अभियान सुरुगर्न लागेको बताउनुभयो ।


प्रधानमन्त्री केपी ओलीले भाषणमा भ्रष्टचारीहरुको अनुहार हेर्दिन भनेपनि व्यबहारमा त्यसो हुन नसकेको भन्दै प्रधानमन्त्री स्वयं भ्रष्टचारीको संरक्षण गर्नमा लागि परेकोे बताउनुभयो । भुसालले दुई तिहाइको दम्भले ओली सरकारले लोकतन्त्रलाई खतरामा पारेको समेत दाबी गर्नु भयो ।
अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने, पत्रकारलाई फौजदारी अभियोग लगाउने, व्यवस्थापिका संसदमा हस्तक्षेप गर्ने, भ्रष्ट्रचारीलाई कानुनी दायरामा ल्याउन छाडेर ढाकछेप गर्ने, अदालतमा हस्तक्षेत्र गर्ने लगायतका कार्यले ओली सरकारमा अधिनायकबादको डर रहेको बताउनुभयो ।

अहिले ल्याएको नीति तथा कार्यक्रम औपचारिकता मात्रै भएको बताउदै भुसालले सरकारले जनतालाई गुमराहमा पार्ने काम गरेकोले संसदमा प्रतिपक्षको भुमिका सक्रिय हुनुपर्ने बताउनुभयो ।
कांग्रेसले गुटलाई व्यबस्थीत गर्न नसक्दा बिगतका निर्वाचनहरुमा पराजय भोग्नुपरेको भन्दै अब कांग्रेस जागरण अभियान र पार्टीको महाधिवेशनबाट नयाँ ढंगले अगाडी बढ्ने दाबी गर्नु भयो । भुसालले राष्ट्रियताको नाराले ओलीले चुनाब जिते पनी पछी त्यसलाई सहीरुपमा कार्यान्वयन गर्न नसक्नु ओलीकालागी बिडम्बना भएको टिप्पणी समेत गर्नुभएको हो ।


कार्यक्रम नेपाल प्रेस युनियन अर्घाखाँची शाखा अध्यक्ष वीरेन्द्र केसीको अध्यक्षता, उपाध्यक्ष सरिता भुसालको स्वागत मनतब्य र सचिव विष्णु खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.