शिद्धेश्वर शिबालय मन्दीरमा ११ दिने शिव पुराण ज्ञान महायज्ञ सुरु


श्याम घिमिरे बैशाख २४ अर्घाखाँची-

प्रशिद्ध धार्मिक स्थल सिद्धेश्वर शिवालय मन्दिर चुत्रावेसीमा ११ दिने शिव पुराण ज्ञान महायज्ञ आईतबार देखी सुरु भएको छ । महायज्ञको पहिलो दिन हजारौं भक्तजनहरुको सहभागितामा कलश यात्रा निकालिएको हो । कलश यात्रामा विभिन्न आमा समुह,टोल विकास समिति, विद्यालय, लगायतका संस्थाहरुले आ–आफ्नो ब्यानर सहित सहभागिता जनाएका थिए । भक्तजनहरुले मन्दिर परिसरबाट बिहान कलशयात्रा निकाली सन्धिखर्क बजार परिक्रमा गरी पुुन ः महायज्ञ स्थलमा पुगेर कलशयात्रा समापन गरेका हुन् ।

कलस यात्रा समापन पछि आयोजित औपचारिक उद्घाटन कार्यक्रममा जिल्ला स्थित स्थानिय निकायका प्रमुख,प्रतिनिधि,सरकारी कार्यालयका प्रमुख,सुरक्षा निकायका प्रमुख लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले जिल्लाको पहिचान झल्किने ऐतिहांसिक धार्मिक क्षेत्रहरुको संरक्षण र संवद्र्धन गर्दे पर्यटन विकासमा सबै जुट्नुपर्ने बताउनुभयो । जिल्लाका बजार देखी गाउँ सम्म यसरी हुने धार्मिक गतिविधिले समाजमा आपसि सद्भावको विकास गर्ने उहाँहरुको भनाई रहेको छ ।

जिल्ला सदरमुकाम सन्धिखर्कको काख चुत्रावेसी भक्तिटोलमा नेपालमै पहिलो पटक दुर्लभ दर्शन मानिएको पूर्ण स्फटिक जडित शीवलिङ्ग ठडाएर निर्माण गरिएको सिद्धेश्वर शीवालय मन्दिरको महत्व बुझाउन र धार्मिक,पौराणिक,सांस्कृतिक पक्षको संरक्षण एवं सम्बद्र्धनको निम्ती महायज्ञको आयोजना गरिएको शिद्धेश्वर शक्तिपिठ संचालन समितिका अध्यक्ष नारायण प्रसाद खनालले जानकारी दिनुभयो ।

महायज्ञमा प्रत्येकदिन बिहान ८ बजे देखी साँझ ५ बजेसम्म बरीष्ठ श्रदेय गुरु बेशवानन्द मरासीनिको सान्निध्यतामा प्रतिष्ठित कथाबाचक पंडित नारायण प्रसाद आचार्य (बैदिक) को संगितमय प्रवचन तथा बिबिध धार्मिक कार्यक्रम हुने शिवपुराण ज्ञान महायज्ञ सम्पादन मुल आयोजक समितिका संयोजक डिलाराम भुसालले बताउनु भयो ।

Image may contain: 2 people, people smiling
Image may contain: one or more people
Image may contain: 2 people
Image may contain: 3 people
This image has an empty alt attribute; its file name is 59688653_1678827512262037_3793931246065680384_n.jpg
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.