प्रचण्ड र सीताले मनाए विवाहको ५०औँ वर्षगाँठ

बैशाख २६, २०७६ काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र सीता दाहालले विवाहको ५०औँ वर्षगाँठ मनाएका छन्। अध्यक्ष प्रचण्ड र सीताले विवाह गरेको ५० वर्ष पुगेको अवसरमा बिहीबार एक समारोह आयोजन गरेका हुन। ललितपुरमा अध्यक्ष प्रचण्डकी छोरी तथा भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल र स्वीकय सचिव गंगा दाहालले एक समारोह आयोजन गरेका थिए।

कार्यक्रममा अध्यक्ष प्रचण्ड र सीता दुलाहा दुहली झैं सिंगारिएका थिए। उनीहरूले एक अर्कालाई माला लगाइदिएका थिए। प्रचण्ड र सीताको ५० वर्ष पहिले विस २०२६ सालमा मागी विवाह भएको थियो। प्रचण्ड र सीता दुवैले १५ वर्षको उमेरमा विवाह गरेका थिए। गत मंसिरमा एकमात्र छोरा प्रकाश दाहालको निधनपछि विछिप्त बनेकी पत्नी सीता दाहालको खुसीका लागि प्रचण्डले ५०औँ वर्षगाँठ मनाएको बताइएको छ।

पञ्जेबाजासमेत बजाइएको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, कार्यवाहक प्रधानमन्त्री इश्वर पोखरेल, उपप्रधानमन्त्री उपेन्द्र यादव नेकपाका सचिवालय सदस्यहरू माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रामबहादुर थापा, नेकपाका महासचिव विष्णु पौडेल, मन्त्रीहरू, समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपाका स्थायी कमिटी सदस्यहरू, केन्द्रीय समिटीका सदस्यहरू, पार्टी कार्यकर्ता र प्रचण्डका नातेदार लगायतको सहभागिता रहेको थियो।
source:thahakhabar

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.