सेवा निबृत्त राष्ट्रसेबक समाज नेपाल अर्घाखाँचीको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

Image may contain: one or more people, people sitting and indoor


श्याम घिमिरे बैशाख २७, अर्घाखाँची-

Image may contain: 4 people, people sitting and indoor


सेवा निबृत्त राष्ट्रसेबक समाज नेपाल अर्घाखाँचीको आयोजनामा सुक्रबार सदरमुकाम सन्धिखर्कमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिबनको उर्बर एवं सिर्जनशिल समयलाई राष्ट्रसेवाको काममा ब्यतित गरि सेवा निबृत्त भएपछि आफ्नो अनुभव र दक्षताले भरिएको बाँकी समयलाई समेत सदुपयोग गरि समाज र राष्ट्रसेवामा योगदान पु¥याउने उद्देश्यले स्थापना गरीएको समाजले, समाज बिकासमा निवृत्त राष्ट्र सेबक समाजको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

Image may contain: 2 people, indoor


अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्बर शर्मा भुसालले निबृत्त राष्ट्र सेबकहरुलाई उनिहरुको क्षमता ,सिप र कला अनुसारको बिभिन्न कार्यमा राज्यले सोही अनुसारको स्थान दिनुपर्ने बताउनु भयो । यस्तै भुसालले देश बिकासमा एकजुट भएर लाग्न सबै निबृत्त राष्ट्रसेबकहरुलाई आग्रह समेत गर्नुभयो ।

Image may contain: 2 people, people sitting


कार्यक्रममा समाजका केन्द्रीय सह–अध्यक्ष पिताम्बर बन्जाडे, मालारानी गाउँपालीका उपाध्क्ष प्रमिला क्षेत्री,निमित्त प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्बासे,सन्धिखर्क नगरपालीकाका निमित्त कार्यकारी प्रमुख गोबिन्द केसी,सनपा ८ का वडाअध्यक्ष ईश्वरी प्रसाद भुसाल, पाणीनि बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख बुद्धिराम भुसाल,अखिल नेपाल शिक्षक संघका जिल्ला सचिब दलबहादुर केसी,पत्रकार हिम जिसी लेकाली, समाजकी प्रदेश प्रतिनिधि सुनिता बेल्बासे लगायतले मनतब्य राख्दै देश बिकासमा सेबा निबृत्त राष्ट्र सेबक समाजको अतुलनिय भुमिका रहेकोले राज्यले उतिच सम्मान गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

Image may contain: 1 person, sitting and indoor


समाजका जिल्ला अध्यक्ष बिष्णु भुसालको अध्यक्षता, सदस्य नेता भुसालको स्वागत मनतब्य र सचिब कमलप्रसाद घिमिरेको सन्चालनमा सम्पन्न कार्यक्रममा समाजका केन्द्रीय महासचिब बिष्णु प्रसाद बस्यालले कार्यपत्र प्रस्तुत गर्नु भएको हो ।

Image may contain: 4 people, people sitting

No photo description available.

समाजमा राज्यकोषबाट पेन्सन पाउने प्राध्यापक, शिक्षक, निजामती कर्मचारी, सेना, प्रहरी, शसत्र प्रहरी न्यायसेवा तथा अन्य बिभिन्न संघ संस्थाबाट अबकास प्राप्त करीब २ सय जना आजिबन सदस्य र झन्डै २ सय १० जना साधारण सदस्य रहेको समाजले जनाएको छ ।

Image may contain: one or more people, people sitting and indoor

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.