राष्ट्रिय पुननिर्माण प्राधिकरण काठमाण्डौको आयोजना गुनासो तथा पुनराबेदन कार्यबिधि सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

श्याम घिमिरे बैशाख ३१ अर्घाखाँची –

राष्ट्रिय पुन निर्माण प्राधिकरण हिंहदरबार काठमाण्डौको आयोजना र जिल्ला कार्यान्वयन ईकाइ अनुदान व्यवस्थापन तथा स्थानिय पुर्बाधार कार्यालय अर्घाखाँचीको समन्वयमा सदरमुकाम सन्धिखर्कमा आज गुनासो तथा पुनराबेदन कार्यबिधि सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्राधिकरणका सहसचिब मुकुन्द निरौलाको अध्यक्षता र जिल्ला आयोजना कार्यान्वयन ईकाइका ठाकुर श्रेष्ठको सन्चालनमा सम्पन्न कार्यक्रममा प्राधिकरणका शंकरहरी आचार्यले बिषयबस्तुमाथी प्रकाश पार्नु भएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्बर भुसालले प्राधिकरणले भुकम्प प्रभाबितहरुलाई तिब्ररुपमा सेबा दिनुपर्ने बताउनु भयो । उहाँले प्रकृयागत रुपमा काममा झण्जट भएपनि बास्तबिक प्रभाबितहरुले सरकारबाट पाउने सुबिधा पाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले प्राधिकरणले तिब्रताकासाथ काम गर्नुपर्नेमा जोड दिएका थिए । अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि,बिभिन्न सरकारी कार्यालयका प्रमुख,सुरक्षा निकायका प्रमुखहरु,पत्रकार लगायतको उपस्थीति रहेको जिल्ला आयोजना कार्यान्वयन ईकाइ अर्घाखाँचीका प्रमुख बलराम मिश्रले जानकारी दिनुयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.