एघार दिने शिव पुराण ज्ञान महायज्ञको समापन ।


श्याम घिमिरे जेठ २ अर्घाखाँची –

शिद्धेश्वर शिवालय मन्दिर चुत्रावेसीमा सञ्चालित ११ दिने शिव पुराण ज्ञान महायज्ञ बिहिबार बाट सकिएको छ । जिल्ला तथा मुलुककै शान्तिको संकल्प गर्दै आयोजना गरिएको महायज्ञमा बरीष्ठ पंण्डीत केशवानन्द मरासीनिको सान्निध्यतामा प्रतिष्ठित कथाबाचक पंडित नारायण प्रसाद आचार्य (बैदिक) ले कथा वाचन गर्नुभएको थियो ।

Image may contain: 3 people, food

हजारौं भक्तजनहरुको सहभागितामा भव्य कलश यात्रा गरि बैशाख २३ गते उद्घान गरिएको महायज्ञमा नेपाल तथा भारतका विभिन्न चर्चित धार्मिक स्थलहरुमा प्रवचन गर्दे आउनुभएका आचार्यले हरेक दिन दिउँसो १ बजे देखी साँझ ५ बजे सम्म कथा वाचन गर्नु भएको थियो ।

Image may contain: 3 people

जिल्ला सदरमुकाम सन्धिखर्कको काख चुत्रावेसी भक्तिटोलमा रहेको सिद्धेश्वर शिवालयमा नेपालमै पहिलो पटक पूर्ण स्फटिक जडित शिवलिङ्गको निर्माण गरिएको मन्दिरको, महत्व बुझाउन र धार्मिक,पौराणिक एवं सांस्कृतिक पक्षको संरक्षण र सम्बद्र्धनको निम्ती आयोजना गरिएको महायज्ञमा झन्डै ७० हजार भक्तजनले दर्शन गरेको र महायज्ञबाट करीब १७ लाख रुपैंया नगद संकलन र अन्य जिन्सी सामाग्रीहरु पनि उठेको शक्तिपिठ सञ्चालक समितिका अध्यक्ष नारायण प्रसाद खनालले जानकारी दिनुभयो ।

Image may contain: 7 people, including Navraj Malla and Motijung Rayamajhi, shoes and outdoor

नेत्र प्रसाद भुसालको संचालनमा सम्पन्न भएको समापन कार्यक्रममा जिल्ला स्थित स्थानिय सरकारका प्रमुख,प्रतिनिधि,सरकारी कार्यालयका प्रमुख,सुरक्षा निकायका प्रमुख लगायत सर्बसाधारणको उल्लेखनिय उपस्थीति रहेकोे थियो ।

Image may contain: 8 people, outdoor

कार्यक्रममा सन्धिखर्क नगरपालीका प्रमुख कमल प्रसाद भुसाल,प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछाने र आयोजकको तर्फबाट नारायण प्रसाद खनालले मन्तव्य राख्दै जिल्लाको पहिचान झल्कीने ऐतिहँंसिक धार्मिक क्षेत्रहरुको संरक्षण र संवद्र्धन गर्दे पर्यटन विकासमा सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

Image may contain: 1 person, crowd

जिल्लाका बजार देखी गाउँ सम्म यसरी हुने धार्मिक गतिविधिले समाजमा आपसि सद्भावको विकास गर्न सकिने उहाँहरुको भनाई समेत रहेको थियो ।

Image may contain: 18 people, including Pabitra Sapkota, Dev Kala Bhusal and Tilaka Bhusal, people smiling, crowd and outdoor

Image may contain: 18 people, including Pabitra Sapkota, Dev Kala Bhusal and Tilaka Bhusal, people smiling, crowd and outdoor
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.