प्रगतिशिल लेखक संघ अर्घाखाँचीको आयोजनामा बिचार गोष्ठी सम्पन्न , सामाजीक न्यायका कुरालाई लेखकले अग्रपंतिमा उठाउनुपर्ने केन्द्रीय सचिब थापाको भनाई


श्याम घिमिरे जेठ २ अर्घाखाँची –
बामपन्थी निकट प्रगतिशिल लेखक संघ अर्घाखाँचीको आयोजनामा बिहिबार सदुमुकाम सन्धिखर्कमा समाज परीबर्तनमा प्रगतिशिल लेखक संघको भुमिका बिषयक बिचार गोष्ठी सम्पन्न भएको छ ।


कार्यक्रममा मनतब्य राख्दै प्रगतिशिल लेखक संघका केन्द्रीय सचिब प्रकाश थापाले समाजलाई नयाँ रुप दिने कार्य नै प्रगतिशिलता भएको बताउदै आफुहरु लेखनको माध्यमबाट समाज परीवर्तनमा लागेको बताउनु भयो । थापाले सामाजीक न्यायका कुरालाई लेखकले अग्रपंतिमा उठाउनुपर्ने भन्दै गतिशिलता भित्र प्रगतिशिलता हुने भएकोले लेखन कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।


संघका जिल्ला अध्यक्ष बुद्धिबहादुर रायमाझीको अध्यक्षता,उपाध्यक्ष कमलप्रसाद घिमिरेको स्वागत मनतब्य र सहसचिब भेषबहादुर केसीको सन्चालनमा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालीकाका उपप्रमुख ठाकुर बिक, संघका प्रदेश प्रतिनिधि बिजुला रायमाझी,बामपन्थी साहीत्यकार कुलचन्द्र मरासीनि,नेकपा नेता जर्नाजन खनाल,राजमो नेता सागर केसी संघका जिल्ला सचिब कमल घिमिरे लगायतले शुभकामना मनतब्य राख्दै समाज परीबर्तनमा संघको महत्वपुर्ण भुमिका रहने बताउनु भयो ।

प्रगतिशिल लेखक संघका केन्द्रीय महासचिब समिर सिंह द्धारा लिखित कार्यपत्रको पिताम्वर बन्जाडे,बाबुराम आचार्य र धुब्र केसीले टिप्पणी समेत गर्नुभएकोे थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.