सहिद टंक भुसालको ३७ औं स्मृति दिवस सम्पन्न, सहिदको त्याग र बलिदानले देशमा आमुल परीबर्तन भएको हो –प्रदेश सांसद घिमिरे

Image may contain: 5 people, including Krishna Banjade, people standing, suit and outdoor

श्याम घिमिरे २ जेष्ठ अर्घाखाँची –

नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा प्रदेश नं.५ का सांसद रामजी प्रसाद घिमिरेले सहिदको त्याग र बलिदानले देशमा आमुल परीबर्तन सम्भब भएको बताउनु भएको छ । अर्घाखाँचीका पहिलो शिक्षक सहिद टंक भुसालको ३७ औं स्मृति दिवसको अवसरमा शिक्षकका पेसागत संगठनहरुले बिहिबार आयोजना गरेको स्मृति दिवस कार्यक्रममा मनतब्य राख्दै घिमिरेले यस्तो बताउनु भएको हो । विश्वमा भएका हरेक परिवर्तन सहिदहरुकै योगदानले सम्भव भएको बताउँदै घिमिरेले सहिद टंकको सम्मानमा सरकारले परिवारलाई सहयोग गर्नुपर्नेमा जोड समेत दिनुभयो ।

Image may contain: 4 people, people standing and outdoor


कार्यक्रममा राजमो नेता सागर केसी,सन्धिखर्क नगरपालीका प्रमुख तथा नेका पुर्ब जिल्ला सभापति कमल भुसाल,नेकपा जिल्ला सचिब ठाकुर कुमार बिक, बामपन्थी साहीत्यकार पिताम्बर भट्टराई,पुर्ब शिक्षक नेता कमल प्रसाद घिमिरे,पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकाली लगायतले मनतब्य राख्दै भुसाललाई राष्ट्रिय सहिद घोषणा गरि उहाँको परिवारलाई उचित सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँहरुले सहिदलाई हेर्ने दृष्टिकोण साघुरो भएका कारण समाज रुपान्तरणको अगुवा सहिद टंकको सम्मान हुन नसक्नु दुःखद भएको समेत बताउनु भएको हो ।

Image may contain: plant, tree, flower, outdoor and nature


एकिकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष युबराज भुसालको अध्यक्षता अखिल नेपाल राष्«िय शिक्षक संगठनका जिल्ला अध्यक्ष धुब्र केसीको स्वागत मनतब्य र अखिल नेपाल शिक्षक संघका जिल्ला सचिब दलबहादुर केसीको सन्चालनमा सम्पन्न कार्यक्रममा सहिद टंककी पत्नी सरस्वता भुसाललाई आर्थिक सहयोग गर्नका साथै टंक स्मृति अक्षय कोषको पनि आजै देखी सुरुवाती गरीएको हो ।

Image may contain: 4 people, tree, crowd and outdoor


भुसाललाई २०३९ साल जेठ २ गते तानाशाही ब्यवस्थाका बिरुद्ध आवाज उठाए बापत तत्कालीन पुलिस प्रशासनले यातना दिएर निर्मम तरिकाले हत्या गरेको थियो । सोहि दिनको सम्झनामा प्रत्येक बर्ष जेठ २ गते स्मृति दिवस मनाउने गरिएको छ ।

Image may contain: tree, sky and outdoor


यसैबिच ३७ औं टंक स्मृति दिवसको पुर्व सन्ध्यामा हिजो सहिद बगैचामा दीप प्रज्वलन गरि सम्मान गरिएका थियो भने भोली सुक्रबार ३ बजे टंक प्रति समर्पित रहि प्रगतिशील साहित्यकार पिताम्बर भट्टराईले लेख्नुभएको “सहिद“ नामक गीति नाटक बिमोचन सहित भब्य साहित्यिक कार्यक्रम हुने समाचारमा जनाईएको छ ।

Image may contain: one or more people, tree, crowd, plant, table and outdoor
Image may contain: 1 person, plant, tree and outdoor
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.