अर्घाखाँचीमा दोस्रो उपराष्ट्रपती चिल्ड्रेन गेम्स जिल्ला स्तरीय छनोट प्रतीयोगीता सुरु

Image may contain: 6 people, including Siddhi Bhusal, people standing and outdoor
Image may contain: 6 people, people smiling


श्याम घिमिरे जेठ ५ अर्घाखाँची

स्वाथ्यका लागी खेलकुद ,राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ दोस्रो उपराष्ट्रपती चिल्डेन गेम्स जिल्ला स्तरीय छनोट प्रतीयोगीता सदरमुकाम सन्धिखर्कमा रहेको टुडीखेलमा आईतबारबाट सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदको संयोजकत्व र जिल्ला खेलकुद बिकास समिती अर्घाखाँचीको आयोजनामा प्रतियोगीता सुरु भएको हो ।

Image may contain: 2 people, including Kamal Prasad Bhusal, people standing

बिद्यालयलाइ खेलकुदको उद्गम स्थलको रुपमा लिदै, सोही स्थानबाट खेलकुद प्रतीभाको खोजी पहीचान र बिकास गर्ने निती अनुरुप राष्ट्रिय खेलकुद परिषदले आधारभुत तह कक्षा ८ सम्म अध्ययनरत १४ बर्ष मुनीका बिद्यार्थीहरु मध्ये क्षमतावान बिद्यार्थीहरुलाइ लक्षीत गरी उपराष्टपती चिल्डेन्स गेम्स प्रतीयोगीता सन्चालन गरेको जिल्ला खेलकुद बिकास समीती अर्घाखाँचीका अध्यक्ष शिद्धि प्रसाद भुसालले जानकारी दिनु भयो ।

Image may contain: 4 people, including Siddhi Bhusal, people standing

प्रतियोगीताको उद्घाटन गर्दे ५ नम्बर प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले खेलकुदको माध्यबाट राष्ट्रलाई अन्तराष्ट्रिय जगतमा चिनाउन नेपाली खेलाडीहरुले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भन्दै खेलाडीको सम्मान गर्नु पर्नेमा जोड दिए । उनले स्थानीय स्तरमा हुने प्रतियोगिताको माध्यमबाट नै राष्ट्रिय खेलाडी बन्ने भएकाले यसप्रकारका प्रतियोगिताले राष्ट्रिय खेलाडी निर्माणमा सहयोग पुग्ने बताए ।

Image may contain: 4 people, including Prem Lamichhane, outdoor

कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्बर शर्मा, जिल्ला समन्वय समिती अर्घाखाँचीका उपप्रमुख रिषी बहादुर पुलामी,सन्धिखर्क नगरपालीकाका नगरप्रमुख कमल प्रसाद भुसाल,सन्धिखर्क नगरपालीका उपप्रमुख ठाकुर कुमार बिक ,प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने ,शिक्षा बिकास तथा समन्वय ईकाइ प्रमुख मनिराम पराजुली, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख नवराज मल्ल,पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकाली लगायतले प्रतियोगीता सफलताको शुभकामना दिएका थिए ।

Image may contain: 2 people, people standing and outdoor

उद्घाटन कार्यक्रम जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष सिद्धिप्रसाद भुसालको अध्यक्षता र जनक गैरेको सन्चालनमा सम्पन्न भएको हो । प्रतियोगीतामा एथलेटिक्स तर्फ छात्र छात्राको १०० र २०० मिटर दौड ,त्यस्तै लङजम्प , हाइजम्प, र त्रिपल जम्पका खेल हुने जनाईएको छ । खेलमा प्रथम ,दितिय र तुतिय हुने खेलाडीलाइ मेडल ,प्रमाणपत्र र बिद्यालय प्रथम ,द्धितिय र तृतीय हुने बिद्यालयलाइ शिल्ड प्रदान गरिने छ । खेल सोमबार समापन हुने छ ।

Image may contain: 3 people, people smiling, people standing, sky and outdoor
Image may contain: 9 people, outdoor
Image may contain: 7 people, including Shreekrishna Bhusal, outdoor
Image may contain: 5 people, outdoor
Image may contain: 6 people, including Siddhi Bhusal, people standing and outdoor
Image may contain: 7 people, including Siddhi Bhusal, people standing and outdoor
Image may contain: 5 people, including Siddhi Bhusal, people standing and outdoor
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.