५० लाख दिए प्रधानमन्त्री ओलीलाई मारिदिन्छु, भन्‍ने पक्राउ परे

जेठ ६, २०७६ काठमाडौं :  ५० लाख दिएमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मारिदिने कमेन्ट फेसबुकमा गरेपछि एक युवक पक्राउ परेका छन् ।  महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार फेसबुकको दुरुपयोग गरी ५० लाख दिएमा प्रधानमन्त्री ओलीलाई मारिदिन्छु भनेर कमेन्ट गर्ने सिन्धुपाल्चोकको लिसाँखु गाउँपालिका-२ घर भइ हाल बानेश्वर बस्ने ३४ वर्षीय लालबहादुर तामाङ पक्राउ परेका हुन्।  

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गरी एउटा अनलाइनमा ‘पचास करोड दिनुस् म मोदीलाई मारी दिन्छु’, भन्‍ने शीर्षकमा प्रकाशित समाचारमा उनले सलिम योञ्जन तामाङ भाइ नामक फेसबुक आइडीबाट उनले कमेन्ट गरेको प्रहरीले जनाएको छ । महाशाखाले प्रमलाई नै मारिदिन्छु भनी तामाङले जनतामा भ्रम र त्रास फैल्याएकाले पक्राउ गरिएको जनाएको छ।

उनलाई बानेश्वरबाट पक्राउ गरी बिद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको महाशाखाले जनाएको छ।
source:thahakhabar

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.