अर्घाखाँचीको बल्कोटमा १७ बर्ष पछी लालपुर्जा बितरण, स्थानीय हर्षीत

छत्रदेवको बल्कोटका स्थानीयले लालपुर्जा हातमा पाएसँगै ऋण निकाल्न सहज

सुरज घिमिरे अर्घाखाँची, ७ जेठ -अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका ३ का विष्णु भुसालले नयाँ जग्गाधनी प्रमाणपत्र पाउँदा खुसी भए । व्यवसायीक कृषि पेशामा लागेका भुसाललाई घरजग्गा राखेर बैंकबाट ऋण निकाल्न समेत पाएका थिएनन् । उनले नयाँ पुर्जा पाएसँगै कृषि खेती गर्दा ऋण निकाल्नका लागी सजिलो हुने भुसालले बताए ।

द्धन्द्धकालीन समयमा अर्घाखाँचीको सदरमुकाम सहित सरकारी कार्यालय ध्वस्थ हुदाँ जलेर नष्ट भएका लालपुर्जा पुनः नापजाच गरी तयार भएका नयाँ पुर्जा वितरण गरिएको छ । जलेर नष्ट भएको १७ वर्षपछि लालपुर्जा हातमा पाँउदा अर्घाखाँचीको छत्रदेव गाउँपालिका वार्ड नं. ३ बल्कोटका स्थानीयहरु हर्षित भएका छन् । सशस्त्र द्धन्द्धको समयमा २०५९ सालमा सदरमुकाममा आक्रमण हँुदा जलेर लालपुर्जा नष्ट भएपछि जिल्ला नै नक्साविहीन बनेको थियो ।

देश शान्ति प्रकृयामा गइसकेपछि विशेष नापी कार्यालयको टोलीले पुन नापी गरी जग्गाधनी पुर्जा वितरण गर्न सुरु गरेको हो । लालपुर्जा पाउँदा भुसालसँगै स्थानीय अत्यन्तै खुशी देखिन्थे ।

विशेष नापी कार्यालय अर्घाखाँचीले छत्रदेव गाउँपालिकाको वडा नम्बर ३ बल्कोटमा एक हजार एक सय दुई घरधुरीको नयाँ जग्गाधनी प्रमाणपुर्जा बनेका हुन । उनीरुको जग्गाधनी वितरण मंगलबारबाट प्रारम्भ भएको छ । बल्कोटमा लालपुर्जा वितरण गर्दै प्रदेश सभा सदस्य चेतनारायण आचार्यले देशमा क्रान्ति गर्न र गणतन्त्रको स्थापनाको लागि लडिएको युद्धमा लालपुर्जा पनि जलेको र अहिले पुन नापी गरेर सबैलाइ बुझाउन पाउँदा खुशी लागेको बताए ।

कार्यक्रममा छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले अव जग्गाधनी प्रमाणपत्र हातमा पाएसँगै बैंकहरुबाट ऋण पाउँनका लागी सजीलो हुने बताए । जग्गाधनी नहुदाँ विकास निमार्णमा समेत कठिनाई भएकोमा अवदेखी सहज हुने बताए ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले छिटो छरितो जग्गाधनी दर्ता भएकोले विशेष नापी कार्यालयलाई धन्यवाद दिए । उनले जग्गाधनी दर्ता सुरक्षीत साथ राख्न घरधुरीलाई राख्न आग्रह गरे ।

छत्रदेव गाउपालिका उपाध्यक्ष तुलसादेवी क्षेष्ठ, मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत खिमप्रसाद आचार्य, नेकपा अर्घाखाँचीका सदस्य भविश्वर पाण्डे, नेपाली कांग्रेसका जिल्ला सचिव बिष्णु भुसाल, जनमोर्चाका जिल्ला सदस्य गोकर्ण मुखिया, समाजबादी पार्टीका प्रदेश सदस्य टोपलाल बलाल, राप्रपाका जिल्ला अध्यक्ष दिपक कुवर, बिबेकशिल साझा पार्टिका जिल्ला संयोजक हरि भुसाल, छत्रदेव गाउपालिका- ३ का वडाध्यक्ष तेजप्रसाद खनाल, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य लगाएतले मन्तव्य राखेका थिए ।

कार्यक्रम विशेष नापि कार्यालय अर्घाखाँचीका प्रमुख खिमबहादुर रानाको अध्यक्षता र नापी कार्यालयका कविसिंह कठायतको सञ्चालनमा सम्पन्न भएको हो । औपचारिक कार्यक्रम पछि स्थानीय वासीन्दालाई लालपुर्जा वितरण गरिएको थियो । source:hindukhabar.com

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.