भ्रष्टाचार गरेको भेटाउनुहोस् जेल जान तयार छु : छत्रदेव अध्यक्ष पोख्रेल

भ्रष्टाचार गरेको भेटाउनुहोस् जेल जान तयार छु : छत्रदेव अध्यक्ष पोख्रेल

सुरज घिमिरे अर्घाखाँची, ८ जेठ अर्घाखाँचीको छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले बिकास निर्माणको काममा कोहि कै भ्रष्टाचार भेटाएमा हतकणी लगाएर जेल जाने बताएका छन ।

विशेष नापी कार्यालय अर्घाखाँचीले आयोजना गरेको जग्गा धनी दर्ता प्रमाण पुर्जा बितरण कार्यक्रम छत्रदेव गाउँपालिकाको बल्कोटमा बोल्दै अध्यक्ष पोख्रेलले यस्तो बताएका हुन ।

केही समय अगाडि छत्रदेव गाउपालिकाले खरको छानो हटाई टिनयुक्त गाउपालिका घोषणा गरेको छ । उक्त उभियानमा बाडेका टिन र जस्ता पाताहरु कम गुणस्तर र उक्त जस्ता पाता खरिदमा भ्रष्टाचार भएको कुरा चल्ने थालेपछी अध्यक्ष पोख्रेलले आक्रोश हुदै बिकास निर्माणमा कोहि कतै भ्रष्टाचार भेटाएरमा हतकडी लगाएर जेल जाने बताएका छन । कुन चिन्ह बाट चुनाव जितेको हो ? कुन वडा कस्ले जितेको छ भनेर पक्षपातमा गाउँपालिका नरहेको बताएका छन । अध्यक्ष पोख्रेलले गाउपालिका ईमानदार साथ आम जनताको अनुहारमा क्रान्ती ल्याउने उद्वेश्यले बढेको बताए ।

गाउँपालिका उपाध्यक्ष तुल्सा देवी श्रेष्ठले छत्रदेव गाउँपालिकाले विकास निमार्णमा फड्को मारेको बताईन । उनले महिला तथा बालबालिकाको हक र हितका लागी विशेष ध्यान दिदैँ काम गरेका छौँ, उनले भनिन् । छत्रदेवमा शिक्षा, स्वास्थ्य, खानेपानी, मोटरबाटो लगाएत सबै क्षेत्रको विकासले गति लिएको श्रेष्ठको भनाई रहेको छ ।source:hindukhabar.com

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.