Monthly Archives: May 2019

कार्यकर्ता हत्याको बदला लिने विप्लवको चेतावनी ,नेपाल बन्दसहितका कार्यक्रम घोषणा

जेठ ९, २०७६ काठमाडौं : आफ्ना कार्यकर्ताको प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आक्रोश व्यक्त गरेका छन्।  युवा संगठनका सदस्य तीर्थराज घिमिरेलाई भोजपुरको ट्याम्के-मैयुङ गाउँपालिकास्थित धोद्रे जंगलबाट प्रहरीले गिरफ्तार गरी हत्या गरेको भन्दै विप्लवले यसको बदला लिने चेतावनी दिएका हुन्। उनले यो घटनालाई भिडन्तको झुटो प्रचार नगर्न पनि सरकारलाई भनेका छन्।  चन्दले राज्यले

Read more

सरकारले जनताको हितमा भन्दा आफ्नो हितमा काम गरिरहेको कांग्रेस नेता उपाध्यायको आरोप

प्रेमनारायण आचार्य / जेठ ९, अर्घाखाँची – नेपाली कांग्रेस अर्घाखाँचीको जनजागरण अभियान अर्घाखाँचीको शितगंगा नगरपालिका–१० सिद्धाराको हर्रेमा सम्पन्न भएको छ । गत बैशाख २५ गतेबाट कांग्रेसलाई जागृक गराउने उद्देश्यले अर्घाखाँची सहित देशभर जनजागरण अभियान कांग्रेसले सञ्चालन गरेको छ । कार्यक्रममा मन्तब्य राख्दै नेपाली काँग्रेसका नेता दिप कुमार उपाध्यायले सरकारले जनताको हितमा भन्दापनि आफ्नो हितमा काम गरिरहेको आरोप लगाए । उनले जनताले दुर्इ तिहाइको

Read more

सनपा ९ अर्घामा जेष्ठनागरीक परीचयपत्र बितरण

श्याम घिमिरे,जेठ ९ सन्धिखर्क – सन्धिखर्क नगरपालिकाको आयोजनामा बडानं.९ को अर्घामा ६० बर्ष माथिका जेष्ठ नागरिकहरुलाई बिहिबार एक कार्यक्रमका बिच परिचयपत्र वितरण तथा निशुल्क स्वास्थ्थ परिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नगरपालीकाका जिबनारायण आचार्य, बाल बहादुर जिसि, नगरपालिका महिला शाखाकी प्रमुख बेल कुमारी परियार, पुष्पा भुसाल वाडनं. ९ का कार्यबाहक अध्यक्ष बिष्णु प्रसाद आचार्य सदस्यहरु जिबलाल भुसाल, कमला भुसाल,

Read more

नेपाल बिद्युत प्राधिकरण अर्घाखाँचीले अति बिपन्न तथा साँस्कृतिक महत्वका सम्पदाहरुलाई निशुल्क मिटर जडान गरीदिने ।

श्याम घिमिरे जेठ ९ अर्घाखाँची – नेपाल बिद्युत प्राधिकरण अर्घाखाँचीले अति बिपन्न परीबार तथा साँस्कृतिक महत्वका सम्पदाहरुलाई निशुल्क मिटर जडान गरीदिने भएको छ । जिल्लाको भुमिकास्थान नगरपालीका र पाणीनि गाउँपालीकामा प्राधिकरणले निशुल्क मिटर जडान गरीदिने नेपाल बिद्युत प्राधिकरण बितरणकेन्द्र अर्घाखाँचीका कार्यालय प्रमुख बिरमान रास्कोटीले जानकारी दिनु भयो । जसको लागी भुमिकास्थान नगरपालीकामा यही जेठ १४ गते मंगलबार र पाणीनि गाउँपालीकामा

Read more