नेपाल बिद्युत प्राधिकरण अर्घाखाँचीले अति बिपन्न तथा साँस्कृतिक महत्वका सम्पदाहरुलाई निशुल्क मिटर जडान गरीदिने ।


श्याम घिमिरे जेठ ९ अर्घाखाँची –
नेपाल बिद्युत प्राधिकरण अर्घाखाँचीले अति बिपन्न परीबार तथा साँस्कृतिक महत्वका सम्पदाहरुलाई निशुल्क मिटर जडान गरीदिने भएको छ । जिल्लाको भुमिकास्थान नगरपालीका र पाणीनि गाउँपालीकामा प्राधिकरणले निशुल्क मिटर जडान गरीदिने नेपाल बिद्युत प्राधिकरण बितरणकेन्द्र अर्घाखाँचीका कार्यालय प्रमुख बिरमान रास्कोटीले जानकारी दिनु भयो ।


जसको लागी भुमिकास्थान नगरपालीकामा यही जेठ १४ गते मंगलबार र पाणीनि गाउँपालीकामा १६ गते बिहिबार बिहान ९ बजे देखी साँझ ५ बजे सम्म पालीकाको कार्यालयमा उपस्थित हुन सरोकारवालाहरुलाई प्राधिकरणले अनुरोध गरेको छ ।


प्राधिकरणले व्यक्तिको नाममा मिटर निकाल्ने भएमा नागरीकताको प्रतिलिपि,जग्गाधनि प्रमाणपुर्जाको प्रतिलिपि, १ प्रति फोटा र अर्केको नामको जग्गामा बसेको भए वार्ड कार्यालयको सिफारीस ल्याउनुपर्ने जनाएको छ । यस्तै साँस्कृतिक सम्पदाहरुको हकमा भने समितिको निर्णय र सिफारीसका साथ उपस्थित हुन आग्रह समेत गरेको छ ।


गत चैत्र ४ गते सम्म कार्यालयमा रित पुर्बक निबेदन दिएकाहरुलाई प्राधिकरणले बिद्युत मिटर र सेबा शुल्क गरी रु २६ सय बराबरको निशुल्क मिटर जडान गर्ने प्राधिकरणका भोला पाण्डेले जानकारी दिनु भयो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.