सरकारले जनताको हितमा भन्दा आफ्नो हितमा काम गरिरहेको कांग्रेस नेता उपाध्यायको आरोप

सरकारले जनताको हितमा भन्दा आफ्नो हितमा काम गरिरहेको कांग्रेस नेता उपाध्यायको आरोप

प्रेमनारायण आचार्य / जेठ ९, अर्घाखाँची – नेपाली कांग्रेस अर्घाखाँचीको जनजागरण अभियान अर्घाखाँचीको शितगंगा नगरपालिका–१० सिद्धाराको हर्रेमा सम्पन्न भएको छ । गत बैशाख २५ गतेबाट कांग्रेसलाई जागृक गराउने उद्देश्यले अर्घाखाँची सहित देशभर जनजागरण अभियान कांग्रेसले सञ्चालन गरेको छ ।

कार्यक्रममा मन्तब्य राख्दै नेपाली काँग्रेसका नेता दिप कुमार उपाध्यायले सरकारले जनताको हितमा भन्दापनि आफ्नो हितमा काम गरिरहेको आरोप लगाए । उनले जनताले दुर्इ तिहाइको सरकारबाट धेरै अपेक्षा राखेपनि जनताको आशा निरासामा परिणत भएको बताए । उनले बर्तमान सरकार भ्रष्टाचारको वरिपरि रोमलिएको बताए ।

नेपाली काँग्रेसका पुर्व केन्द्रिय सदस्य रेवती प्रसाद भुसालले दुई तिहाईको सरकारले पनि देशको आर्थिक आवस्थामा सुधार ल्याउन नसकेको बताएका छन् । उनले बर्तमान सरकारले नयाँकाम गर्न नसकेको आरोप लगाए ।

नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु मुस्कान, निबर्तमान सभापति कमल प्रसाद भुसाल, उप–सभापति शान्ता भण्डारी, जिल्ला सचिब छबिलाल पौडेल, महासमिति सदस्य केशव श्रेष्ठ, पुर्व सचिब लोकेन्द्र बिक, भुमिकास्थान नगरपालिकाका नगर उपप्रमुख खडानन्द वेल्वासे, जिल्ला सदस्य नेत्रप्रसाद भटराइ, माधब प्रसाद पौडेल, हेमन्त बेल्वासे, चन्द्रा गैरे, हरिबहादुर खड्का, बाबुराम पौडेल, रेमकला खत्री, नेविसंघका भरतमणि भटराइ लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा १ सय २५ जनालाइ क्रियासिल सदस्यता वितरण गरिएको छ । अन्य पाटी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्ने लाइ प्रवेश गराइएको थियो ।
कार्यक्रममा विभिन्न पाटी परित्याग गरि वालकृष्ण वेल्वासे, विमला मल्ल, इन्द्रबहादुर वेल्वासे, विष्णु विक, ओम गुरुंग, सुमन्त विक, थमकला मल्ल, मैया सुनार, पुर्णबहादुर विक, नारायण वलाल, दिलबहादुर बिक लगायतका ११ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कार्यक्रम हिम्मत पोख्रेलको अध्यक्षता, ज्ञानेश्वर वेल्वासेको स्वागत र माधव प्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको हो । जनजागरण अभियान भोलि ठाडाको रजियामा हुदै छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.