फोटो पत्रकारिता तालिम अर्घाखाँचीकाे नरपानीमा सुरु

फोटो पत्रकारिता तालिम अर्घाखाँचीकाे नरपानीमा सुरु

अर्घाखाँची, १० ज्येष्ठ – अर्घाखाँचीको नरपानीमा तीन दिने आधारभुत फोटो पत्रकारिता तालिम आज देखि सुरु भएको छ ।

कमन नेपाल प्राली कपिलबस्तुको आयोजना र कृष्णनगर नगरपालिकाको सहयोगमा सञ्चालित फोटो पत्रकारिता तालिममा कपिलबस्तु जिल्लाका १८ जना पत्रकारहरुको सहभागिता रहेको छ ।

आज देखि सुरु भएको तालिमको उद्धाटन नेपाल पत्रकार महासंघका प्रदेस सदस्य प्रेमनारायण आचार्यले ब्यानरको तस्वीर खिचेर गरेका हुन ।

कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अतिथि आचार्यले फोटोमा सबै कुरा बोल्ने भएकोले सञ्चारको विकास संगै फोटो पत्रकारिताको माग बढि रहेको बताउदै तालिमको सफलताको शुभकामना ब्यक्त गरे ।

आयोजक सस्था कमन नेपालका सञ्चालक तथा पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्त गिरिले पत्रकारितामा फोटोले दिने सन्देसको वर्णन गर्न नसकिने भन्दै सञ्चार जगतमा फोटो पत्रकारिताको माग बढि रहेको बताए ।

उद्धाटन समारोहमा  फोटो पत्रकार महासंघका प्रदेश अध्यक्ष तथा तालिमका प्रशिक्षक मनोज पौडेल, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका उपाध्यक्ष गणेश खनाल लगायतले मन्तब्य राख्दै तालिमको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रम कमन नेपालका सञ्चालक बसन्त गिरीको अध्यक्षता, जानु पाण्डेको सञ्चालन र राजेस चौधरीको स्वागत मन्तव्यमा सम्पन्न भएको हो । source:hindukhabar.com

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.