सनपा १२ मा जेष्ठ नागरिकहरुलाई परीचय पत्र तथा निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न

सनपा १२ मा जेष्ठ नागरिकहरुलाई परीचय पत्र तथा निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न

विक्रम पाण्डे समान्ता अर्घाखाँची, १२ ज्येष्ठ – अर्घााखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १२ डिभर्नामा जेष्ठ नागरिकहरुलाई परीचय पत्र तथा निशुल्क स्वास्थ्य परीक्षण गरीएको छ ।

वडा भित्रका ६० वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई जेष्ठ नागरिक परीचय पत्र तथा निशुल्क स्वास्थ्य परीक्षण गरीएको हो । सन्धिखर्क नगरपालिका अर्घाखाँचीको आयोजना तथा १२ नं. वडा कार्यालयको समन्वयमा कार्यक्रम गरीएको हो ।

वडा भित्रका ६० वर्ष पुगेका २१२ जनाले जेष्ठ नागरिकको परीचय पत्र लिए भने उनीहरुको स्वास्थ्य परीक्षण समेत गरीएको थियो । वितरण कार्य औपचारीक कार्यक्रम पश्चात सुरु गरीएको थियो ।

६० वर्ष उमेर पुगेर पनि आफुसँग जेष्ट नागरिकको परीचय पत्र नहुँदा राज्यबाट विभिन्न समयमा उपलब्ध गराइने सेवा सुविधाबाट कोहि पनि बन्चित हुन नपरोस् भन्ने उद्धेश्यले यो कार्यक्रम गरीएको १२ नं। वडा अध्यक्ष नारायण खड्काले बताए ।

कार्यक्रम वडा अध्यक्ष नारायण खड्काको अध्यक्षता, सदस्य नारायण बस्यालको स्वागत मन्तव्य तथा वडा सचिव अनन्त पोख्रेको संचालनमा सम्पन्न भएको थियो ।कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य झम्मन कुमारी श्रेष्ठ, नगरपालिका महिला शाखाकी प्रमुख बेल कुमारी परियार, वडा सदस्य बाबुराम बस्याल , हिमकला टमटा लगायतको उपस्थिती रहेको थियो । नगरपालिकाले आफनो नगर कार्ययोजनामा नै राखी नगरपालिका भित्रका १२ वटै वडामा यो कार्य गरीरहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.