शिद्धारामा एकिकृत घुम्ती शिबिर सम्पन्न,स्थानिय हर्षित ।

Image may contain: 6 people, including Surya Adhikari, Bishnuraj Belbase, Prem Lamichhane, Navraj Malla and Bishnu Ghimire, people smiling, people standing


श्याम घिमिरे जेठ १२ अर्घाखाँची –

करीब ७ सय बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको भौगोलिक हिसाबले नेपालकै सबैभन्दा ठुलो नगरपालीका सितगंगा नगरपालीकाको बिकट र दुर्गम क्षेत्रको रुपमा चिनिने वडानम्वर १० शिद्धारामा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले नागरीकता बितरण संगै बिभिन्न सरकारी कार्यालयबाट उपलब्ध हुने सेबासुबिधाहरु एकैठाउँबाट प्रदान गरेको छ । गाउँगाउँमा नागरिकता वितरण संगै सबै सुबबिधा पाएपछी स्थानियहरु हर्षिग समेत भएका छन ।

Image may contain: 4 people, including Jitendra Khatri, people standing

सर्वसाधारणलाई गाउँमै सार्वजनिक सेवा उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजना र सितगंगा नगरपालीकाको सहयोगमा आईतबार वडानम्वर १० को शिद्धारामा रहेको जनजागृति माबि बोखोरमा एकीकृत घुिम्त सेबा शिविर सम्पन्न भएको छ । आफ्नै घरआँगनमा नागरिकता पाएसंगै बिकट र बिपन्न नागरिकले राज्यको अनुभुुति गर्न पाएका छन् ।

Image may contain: 4 people, including Bishnuraj Belbase, people sitting

सितगंगा नगरपालीका वडानम्वर १० का ७६ बर्षीय लोकमणी पौडेलले आफ्नै गाउँमा नागरिकता पाएपछि खुसी लागेको बताउनुभयो । पौडेलले नागरीकता बनाउन सदरमुकाम जाँदा ३ दिन लाग्ने र ३ हजार भन्दा बढी पैसा खर्च हुने बताउदै घरआगनमै सबै सेबासुबिधा पाउदा आफु दंग परेको समेत बताउनु भयो ।

Image may contain: 2 people, people sitting

सनिबारको लागी मात्र आयोजना गरीएको शिबिरमा सेबाग्राहीहरुको अत्याधिक चाँप बढेको र नागरीकता बितरणको काम नसकिएकोले आईतबार दिउँसो सम्म शिबिर सन्चालन भएको हो । शिविरमा ४ सय ८३ जना सेबाग्राहीहरुले नागरिकता प्राप्त गरेका छन् । यस्तै ३ सय ७४ ले मतदाता परिचयपत्र, ५९ जनाले जेष्ठनागरीक प्रमाणपत्र र १५ जना सेबाग्राहीहरुले अपाङ्गता परीचयपत्र लिएको सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्बासेले जानकारी दिनुभयो ।

Image may contain: 1 person, standing, sky, crowd and outdoor

१७ सय भन्दा बढी सेबाग्राहीहरुले प्रत्यक्षरुपमा सेबा लिएको शिबिरमा, बिपन्न र असाहय परिवार बढि लाभाम्वीत भएको सितगंगा नगरपालीकाका प्रमुख सुर्य प्रसाद अधिकारीले जानकारी दिनुभयो । बिपन्न एवं अशक्तहरुलाई राज्यको सेवा गाउँघरमै उपलब्ध गराउने उद्धेश्यले शिविर आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी पे्रमलाल लामीछानले बताउनु भयो ।

Image may contain: 2 people, including Navraj Malla, people sitting

एकीकृत घुम्ती सेबा शिविर मार्फत जिल्ला प्रशासन कार्यालयले नेपाली नागरिकताको प्रमाणपत्र बितरण, निर्वाचन कार्यालयले फोटो सहितको मतदाता नाम दर्ता , सितगंगा नगरपालीकाले जेष्ठनागरीक र अपाङ्गता परीचयपत्र बितरण, अर्घाखाँची अस्पताल,स्वास्थ्य कार्यालय, आयुर्वेद अस्पताल र आँखा उपचार केन्द्रबाट स्वास्थ्य परिक्षण एवं आँखा परीक्षण तथा निशुल्क औषधी वितरण, नेपाल हृदयरोग निवारण प्रतिष्ठानले मुटुको परीक्षण, ईसीजी र ब्लडसुगर जाँच, डिभिजन बन कार्यालयले मानब बन्यजन्तु द्धन्द्ध न्युनिकरणका लागी सचेतना कार्यक्रम एवं बन डढेलो न्युनिकरणका लागी अभिमुखिकरण कार्यक्रम लगायतका बिभिन्न सेबाहरु उपलब्ध गराएको नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत नारायण भण्डारीले जानकारी दिनु भयो ।

Image may contain: one or more people, people sitting and indoor

यस्तै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले समुदाय प्रहरी साझेदारी तथा विद्यालय प्रहरी सम्पर्क कार्यक्रम अन्तर्गत लागू औषध, मदिरा सेवन, लैङ्गिक हिंसा, जबरजस्तीकरणी, सामाजिक तथा साईबर अपराध एवं सवारी दुर्घटना सम्बन्धि सचेतनामुलक कार्यक्रम लगायतका सेबा सुबिधाहरु प्रदान गरीएको प्रहरी नायब उपरीक्षक नबराज मल्लले बताउनु भयो ।

Image may contain: 2 people, people sitting and indoor

शिबिरमा जिल्ला समन्वय समितिका उपप्रमुख ऋषीबहादुर पुलामी,सितगंगा नगरपालीकाका प्रमुख सुर्य प्रसाद अधिकारी,उपप्रमुख टिका बहादुर रेश्मी,प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछाने,सहायक प्रजिअ बिष्णुराज बेल्बासे,प्रहरी नायक उपरीक्षक नबराज मल्ल,शसस्त्र प्रहरी बलका डिएसपि गोपाल श्रेष्ठ,सितगंगा नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत नारायण भण्डारी,स्थानीय वडाका जनप्रतिनिधि,सरकारी कार्यालयका प्रतिनिधि ,स्थानीय बुद्धिजिबि,पत्रकार लगायतको उपस्थिति रहेको हियो ।

Image may contain: one or more people, people standing and outdoor

पछिल्लो समय जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा जिल्लाका बिभिन्न ६ स्थानमा एकिकृत घुम्ती सेबा शिबिर सम्पन्न भएका छन ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.