विस्फोटमा ज्यान गुमाउने तीनै जनाको पहिचान खुल्यो

  

unn.prixa.net

जेठ १२, काठमाण्डौ – काठमाण्डौका दुई ठाउँमा भएको विस्फोटमा ज्यान गुमाउने तीनै जनाको सनाखत भएको छ । 

ज्यान गुमाउनेमा काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका चुनीखेलका ५४ वर्षीय सुरेन्द्र महर्जन, कपनका ४४ वर्षीय हरि खड्का र महोत्तरी रामनगरका ५६ वर्षीय छोटु ठाकुर रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिनुभयो ।

सुकेधाराको विस्फोटमा घाइते भएका ५ जनाको ओम अस्पतालमा  र घट्टेकुलोमा घाइते भएका १ जनाको वीर अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ । 

प्रहरीले घटना विप्लव नेतृत्वको नेकपाले गराएको पनि प्रारम्भिक अनुमान गरेको छ । घट्टेकुलोमा विस्फोट भएको वस्तु बम नै भएको पुष्टि भएको महनगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्याम ज्ञवालीले उज्यालोलाई जानकारी दिनुभयो ।  घट्टेकुलोमा विप्लव नेतृत्वको नेकपाको पर्चा पनि भेटिएको छ । 

विस्फोटमा परि विप्लव निकट विद्यार्थी संगठनका नेता रवीन केसी घाइते भएका छन् । source:ujyaaloonline

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.