नेपाल बन्दले अर्घाखाँचीको जनजिवन पुर्णरुपमा प्रभावित ।

 

श्याम घिमिरे जेठ १३ अर्घाखाँची –
नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) ले आव्हान गरेको नेपाल बन्दका कारण अर्घाखाँची जिल्लाकोे जनजीवन बिहानैदेखि पुर्णरुपमा प्रभावित बनेको छ । बन्दका कारण बिहानै देखि सदरमुकाम सन्धिखर्क भएर चल्ने लामो तथा छोटो दुरीका यातायातका साधानहरु सञ्चालनमा आएका छैनन् ।
बन्दले सदरमुकाम सन्धिखर्क लगायत जिल्लाका ६ वटै पालीकाहरुको जनजीवन प्रभावित भएको छ ।

बन्दका कारण सयौं यात्रु बीच बाटो मै अलपत्र परेका छन । बन्दले बजार,उद्योग कलकारखानामा पुर्णरुपमा प्रभाव परेपनि टि.यु बाट सन्चालीत बिएड तेस्रो बर्षको परीक्षा भने निर्वाध रुपमा सञ्चालन भएको पाणीनि बहुमुखि क्याम्पसका निमित्त क्याम्पस प्रमुख बुद्धिराम भुसालले जानकारी दिनुभयो ।


प्रहरीले भोजपुरमा आफ्नो कार्यकर्ता तिर्थ घिमिरे ‘राजु’लाई गोली हानेर हत्या गरेको विरोधमा विप्लव समुहले बन्दका आब्हान गरेको हो । नेकपाले जनघाती, राष्ट्रघाती र भ्रष्टचारी सरकारले चलाएको हत्या हिंसा र प्रतिबन्दका विरुद्ध पार्टीले प्रतिरोध गर्नुको विकल्प नरहेको भन्दै तत्कालका लागि संघर्षका कार्यक्रम घोषणा गरेको जनाएको छ ।


उता सन्धिखर्क नगरपालिका २ चुत्राबेसीमा रहेको अर्घाखाँची आवासीय मा.वि र त्रिबेणी कलोनीमा फेला परेका दुईवटा बम नेपाली सेनाको रामबाँण गुल्मको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो । यसैबीच प्रहरीले राजधानी लगायत देशभरको सुरक्षा व्यवस्था कडा बनाइएको दाबी समेत गरेको छ ।
उता सन्धिखर्क नगरपालिका २ चुत्राबेसीमा रहेको अर्घाखाँची आवासीय मा.वि र त्रिबेणी कलोनीमा फेला परेका दुईवटा बम नेपाली सेनाको रामबाँण गुल्मको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो । यसैबीच प्रहरीले राजधानी लगायत देशभरको सुरक्षा व्यवस्था कडा बनाइएको दाबी समेत गरेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.