समता स्कुलको बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न ।


श्याम घिमिरे जेठ १३ अर्घाखाँची –

समता स्कुल सन्धिखर्क २ को दोश्रो बार्षिक उत्सब तथा अभिभावक भेला आईतबार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिकले समता स्कुलले गरिब दुःखी र असहायको लागि शिक्षा क्षेत्रमा गरेको अनुकरणीय कामको प्रशंसा गर्दै नगरपालिकाको तर्फ बाट आगामी दिनमा साथ र सहयोग रहने बताउनु भयो ।

सन्धिखर्क नगरपालिका वडा नं.२ का अध्यक्ष मोतिजंग रायमाझीले आगामि दिनमा बडा बाट विद्यालयको उन्नतिको लागि योजना बनाई सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा शिक्षा बिकास समन्वय ईकाईका प्रमुख मनिराम पराजुली ,नेपाल पत्रकार महासंघ अध्यक्ष हिम जिसी लेकाली ,अभिभावक बाबुराम श्रेष्ठ ,संगीता चौहान ,लगायतले मन्तब्य राख्दै न्युनतम शुल्कमा गुणस्तरीय सेवा पु¥याइ गिनिज बुकमा समेत नाम लेखाउन सफल संस्थाको सहयोगको लागि आफुहरू तयार भएको बताउनु भयो ।

विद्यालयका प्रिन्सिपल मञ्जु आचार्यको अध्यक्षता, गरिमा बिसिको स्वागत मनतब्य र शिक्षीका पवित्रा खनालको सन्चालनमा सम्पन्न कार्यक्रममा बिद्यालयको गतिबिधि बारे बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भेष बहादुर केसिले प्रकाश पार्नु भएको हो ।

बिद्यालयलाई सहयोग प्रदान गर्ने अभिभावक निमकला भुसाल र शिक्षिका पवित्रा भुसाल लाई सम्मान गरीएको कार्यक्रममा विभिन्न बिधामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।

मासिक रू एक सय रूपैयामा पढाइ हुने विद्यालयमा हाल नर्सरी देखि कक्षा ३ सम्म अंग्रेजी माध्यममा १९६ जना विद्यार्थीहरूले अध्ययन गर्दै आईरहेका छन् भने १३ जना शिक्षकहरू अध्यापनरत रहेका छन ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.