गणतन्त्र दिवसको अवसरमा सन्धिखर्कमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न ।

Image may contain: 14 people, including Bishnuraj Belbase, Bikram Thapa and Pokhrel Shila, people smiling, outdoor


श्याम घिमिरे १४ जेठ अर्घाखाँची –
गणतन्त्र दिवस २०७६ को अबसरमा अर्घाखाँचीको सदुमुकाम सन्धिखर्कमा मंगलबार मैत्रिपुर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगीतामा जनप्रतिनिधि, राजनीतिक दल, उद्योगी व्यवसायी, सञ्चारकर्मी र राष्ट्रसेबक कर्मचारी गरी दुई टिमको सहभागीता रहेको थियो । खेलमा जनप्रतिनिधि, राजनीतिक दल, उद्योगी व्यवसायी र सञ्चारकर्मीको टिमले राष्ट्रसेबक कर्मचारीको टिमलाई लाई २–० को अन्तरले पराजित गरेको हो ।


प्रतियोगितामा जनप्रतिनिधि, राजनीतिक दल, उद्योगी व्यवसायी र सञ्चारकर्मीको तर्फबाट जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर भुसाल र राष्ट्रसेबक कर्मचारीको तर्फबाट प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले टिम क्याप्टेनको भुमिका निर्बाह गर्नुभएको थियो ।


यस्तै फुटबल खेलमा जिल्ला समन्वय समितिका प्रमख पितामबर भुसाल,उपप्रमुख ऋषि बहादुर पुलामि, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछाने, सहायक प्रजिअ द्वय विष्णु राज बेल्बासे, विक्रम थापा,प्रहरी नायव उपरीक्षक नवराज मल्ल, रामबाँण गुल्मका गुल्मपति निरज भण्डारी पत्रकार, राजनितिक दलका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।

Image may contain: 8 people, including Kamal Bista, Prem Lamichhane and Tej Bikram Dhami, people smiling, outdoor


गणतन्त्र स्थापना पश्चायत प्रत्यक बर्ष जेठ १५ गते मनाईदै आईएको गणतन्त्र दिवस यसबर्ष पनि ३ दिनसम्म विभिन्न कार्यक्रम गरि मनाईने तयारी गरेको गणतन्त्र दिवस मुल समारोह समिति अर्घाखाँचीका प्रमुख एवं जिसस प्रमुख पिताम्बर भुसालले जानकारी दिनुभयो ।


जस अन्र्तरगत जेठ १५ गते बिहान प्रभातफेरी गरी जिल्ला अस्पतालमा रहेका विरामीलाई फलफुल वितरण गर्ने र प्रवचन कार्यक्रम गर्ने जनाईएको छ । यस्तै १६ गते सन्धिखर्कमा साहीत्यीक कार्यक्रम गर्ने समितिले जनाएको छ ।

Image may contain: 1 person, outdoor
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.