नेपाल भारतको सम्बन्ध अझ प्रगाढ हुन्छ- पूर्व राजदूत उपाध्याय

Image may contain: 3 people, including Bishnu Muskan, people smiling, people sitting and indoor

प्रेम नारायण आचार्य जेठ १८ अर्घाखाँची- भारतकालागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले मोदीको विजयले नेपाल भारतको सम्बन्ध अझ प्रगाढ भएर जाने बताएका छन् । उनले नेपाल वैदेशिक नीतिको बारेमा नरेन्द्र मोदी आफैले हेर्ने भएका कारण दुइ देशको सम्बन्ध सुदृढ भएर जाने बताए ।

नेपाल प्रेस युनियन अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा उपाध्यायले नेपाल र भारतको सम्बन्ध जति प्रगाढ भयो त्यति देशको विकास हुने बताए । भौगोलिक अवस्था सहज भएकाले दुइ देशबीच आपसी सम्बन्ध र एकता बिना नेपाल अगाडि बढ्न नसक्ने बताए । भारतबाट जति सहजरुपमा आयात हुन्छ त्यहि प्रकृतिबाट नै नेपालको उत्पादन निर्यात हुनु पर्ने वातावरण बनाउन नेपाल सरकारले भारत सरकारसँग पहल गर्नुपर्ने उपाध्यायको भनाइ छ । उनले नेपालमा उत्पादन बढाएर भारतमा जति बढी बिक्री गर्न सक्यो त्यति नेपालको अर्थतन्त्र माथी उक्लने बताए ।

नेपाली काँगे्रसका नेता समेत रहेका उपाध्यायले प्रतिपक्षमा बसेर जनताको भावना बुझ्ने मत कांग्रेसलाई दिएकाले कुनै घटनाक्रममा पनि सरकारमा सहभागी नहुने धारणा राखे । उनले भने ’जबसम्म नेपाली कांग्रेसका नेताहरुमा एकता हुन सक्दैन तबसम्म कांग्रेस पाटी अगाडी बढ्न सक्दैन ।’ उनले विखण्डनकारीको नारा लिएको सिके राउतलाई मुलधारको राजनीतिमा ल्याउन सक्ने सरकारले विप्लव समूहसँग पनि वार्ता गरेर समस्या समाधान गर्नुपर्ने बताए । कार्यक्रम प्रेस युनियन अर्घाखाँचीका अध्यक्ष विरेन्द्र केसीको अध्यक्षता, उपाध्यक्ष सरिता भुसालको स्वागत मनतब्य र केन्द्रीय प्रतिनिधी घनश्याम पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.