विप्लवका कार्यकर्ताद्वारा सोलुखुम्बुमा प्रहरी चौकी कब्जाकाे प्रयास, हेलिकोप्टरबाट उतारियो सेना-प्रहरीको टोली

unn.prixa.net

जेठ २०, २०७६ सोमबार  सोलुखुम्बु – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३, छेस्काममा रहेको प्रहरी चौकी आक्रमणको प्रयास असफल भएको छ ।

आइतबार राति विप्लव समूहले आक्रमण गर्ने सूचना पाएपछि चौकीमा रहेका प्रहरी हतियारसहित सुरक्षित ठाउँमा गइसकेकोले आक्रमणको प्रयास असफल भएको हो । राति १२ बजेको समयमा विप्लव समूहका झण्डै ३० जना कार्यकर्ता हतियारसहित प्रहरी चौकीमा पुगेको बताइएको छ । 

चौकीमा रहेका ७ जना प्रहरी सुरक्षित ठाउँमा गएपछि विप्लव कार्यकर्ता बिहान झण्डै ३ बजेसम्म प्रहरी चोकी आसपासमा रहेको बताइएको छ । केही दिन अघि देखि नै शंकास्पद गतिविधि भइरहेको थाहा पाएपछि प्रहरीले त्यहाँ उच्च सतर्कता अपनाएको थियो । 

यदि चाहेको भए विप्लव कार्यकर्ता पक्षको ठूलो क्षति हुने भए पनि आफूहरुको तर्फबाट सतर्कता अपनाएको प्रहरी श्रोतले बताएको छ । अहिले सोलुखुम्बुका प्रहरी नायब उपरीक्षकसहितको टोली घटनास्थलमा रहेको छ । प्रहरीले घटनाको पुष्टि भने गरेको छैन । 

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले अहिले सुरक्षा समितिको बैठक बसिरहेको र बैठक सकिएपछि  पूर्ण जानकारी दिने बताउनुभयो । 

महाकुलुङ्ग गाउँपालिकाका अध्यक्ष सागर किरातीले केही नयाँ अनुहार गाउँमा देखिएपछि सुरक्षा सतर्कता अपनाएको भए पनि उनीहरु विप्लव कार्यकर्ता भए नभएको यकिन नभएको बताउनुभयो । उहाँले राति प्रहरी सुरक्षित ठाउँमा गएको नभई गस्तीमा गएको बताउनुभयो । अहिले प्रदेश र जिल्लाबाट सशस्त्र प्रहरी र जनपथ प्रहरीको थप टोली हेलिकप्टरमार्फत त्यहाँ पुगिसकेको छ । 

घटना भएको ठाउँ जिल्ला सदरमुकाम सल्लेरीबाट झण्डै २५ कोश टाढा रहेको छ । घटना बारेमा थप जानकारी आउन बाँकी रहेको छ । source:ujyaaloonline
 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.