जातिय भेदभाब छुवाछुत बिरुद्धको अधिकार बिषयक अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न ।

श्याम घिमिरे जेठ २३ अर्घाखाँचि –
जातिय भेदभाब छुवाछुत बिरुद्धको अधिकार बिषयक अन्तरक्रिया कार्यक्रम बुधबार सन्धिखर्कमा सम्पन्न भएको छ । राष्ट्रिय मानब अधिकार आयोगको आयोजनामा सम्पन्न कायृक्रममा बोल्ने बक्ता र सहभागीहरुले छुवाछुत हटाउन समाजमा सचेतना फैलाउनु पर्ने भन्दै यसकोलागी सिङ्गो समाजनै रुपान्तरण हुनुपर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा राष्ट्रिय मानब अधिकार आयोगका केन्द्रिय सदस्य प्रकाश वस्ती,सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसाल,भुमिकास्थान नगरप्रमुख रेशम थापा,सनपा उपप्रमुख ठाकुर कुमार बिक,प्रजिअ प्रेमलाल लामीछाने,अर्घाखाँची उद्योग बाणीज्य संघका अध्यक्ष युबराज श्रेष्ठ,दलित संघका केन्द्रिय उपाध्यक्ष लोकेन्द्र बिक,पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम जिसी लेकाली लगायतले मनतब्य राखेका थिए ।

कार्यक्रम ईन्सेक अर्घाखाँचीका प्रमुख नारायण भुसालको सन्चालन र राष्ट्रिय मानब अधिकार आयोग ५ नम्बर प्रदेश प्रमुख सम्झना खनालको स्वागत मनतब्यमा सम्पन्न भएको हो ।
