सन्धिखर्कको कारागारमा रहेका बन्दिहरूको निशुल्क आँखा जाँच कार्य सम्पन्न ।

हिम जिसि लेकालि जेठ २३ अर्घाखाँची – नेपाल नेत्र ज्योती संघ , तथा जिल्ला आँखा अस्पताल अर्घाखााचीको संयुक्त आयोजना र जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको समन्वयमा सन्धिखर्क कारागारमा रहेका बन्दिहरूलाई आज निशुल्क आँखा जाँच गरिएको छ । नेपाल नेत्र ज्योती संघ अर्घाखाँचीका अध्यक्ष दल बहादुर केसि को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले कारागारमा रहेका बन्दीहरूको स्वस्थ्य जीवनको कामना गर्दै ,सुधार गृहलाई ब्यबस्थित गर्न आफुहरू लागि पर्ने बताउनु भयो । कार्यक्रम मा डा.ज्ञानेन्द्र लामिछाने , पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकाली लगायतले मन्तब्य राख्नु भएको थियो ।

आखाँ उपचारमा लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान रणअम्बिका शाह आँखा अस्पताल भैरहवाका डा.ज्ञानेन्द्र लामिछाने ,संजीव अधिकारी ,वसन्त कार्कि तथा अर्घाखाँची आँखा अस्पतालका डक्टरहरू द्वारा संयुक्त रूपमा बन्दिहरूको आखाँ जाँच गरियको हो । आखाँ जाँच बाट १५ जना लाई नजीक नदेख्ने समस्या भयकोले चस्मा प्रदान गरियको छ, भने अरूको आखाँ सुख्खा र कमजोर भएको कारण औषधि प्रदान गरि खानपानमा ध्यान दिन डाक्टरहरूले सुझाव दिएका छन् ।

नेत्र ज्योती संघका सदस्य जगन्नाथ भुसालको सन्चालन र अर्घाखाँची आँखा अस्पतालका प्रमुख सागर घिमिरेको स्वागत मनतब्यमा सम्पन्न कार्यक्रममा प्रहरी निरीक्षक खिम बहादुर घम,बैतनिक वकिल ईन्दु पाण्डे ,कारागार प्रमुख कृष्ण आचार्य लगायतको सहभागिता रहेको थियो । सन्धिखर्क कारागारमा हाल ४४ पुरूष र ६ महिला रहेका छन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.