८ दिनपछि कीर्तिपुरको जंगलमा मृत अवस्थामा भेटिए एमबीबीएस विद्यार्थी

काठमाडौँ जेठ २५, २०७६ । काठमाडौं मेडिकल कलेजमा चौथो वर्षमा अध्ययनरत शिशिर खनालको शव भेटिएको छ । काठमाडौं कोटेश्वरमा बस्दै आएका शिशिर गत जेठ १७ गतेदेखि वेपत्ता भएका थिए ।

शिशिर चढ्दै आएको मोटरसाइकल केही दिनअघि कीर्तिपुरको पुष्पलाल पार्कमा भेटिएपनि प्रहरीले सोही क्षेत्रमा खोजीकार्य जारी राखिरहेको थियो । 

खोजी गर्ने क्रममा शिशिरको शव कीर्तिपुरस्थित पुष्पलाल चोक नजिकै भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । उनले भने, ‘शव भेटिएको खबर पाएका छौं । आफैँ घटनास्थलतिर जाँदैछु ।’

अर्घाखाँची स्थायी बसोबास भएपनि लामो समयदेखि खनाल कोटेश्वरमामा दाजुभाउजुसँग घर किनेर यतै बस्दै आएको बताइएको छ । 

केही समयअघि शिशिरले दुर्घटनामा बाबुआमा समेत गुमाएका थिए । डिप्रेसनको बिरामी रहेका शिशिर पढाईमा अब्बल रहेको समेत बताइएको छ । source:ratopati.com

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.