काँग्रेस अर्घाखाँचीले सञ्चालन गरेको पहिलो चरणको जागरण अभियान सम्पन्न ( फोटो फिचर)

भ्रष्ट सरकार राजिनामा दे : काँग्रेस अर्घाखाँची (भिडियो, फोटो फिचर)

घनश्याम पौडेल
अर्घाखाँची, २५ जेठ । नेपाली काँग्रेस अर्घाखाँचीले सञ्चालन गरेको पहिलो चरणको जागरण अभियान सम्पन्न भएको छ । विपी स्मृती भवन सन्धिखर्कबाट सुरु भएको सरकार विरुद्ध ¥याली सरकारी कार्यालय, टुडीखेल, मञ्चलाईन, बैँकरोड हुदैँ शान्तीबगैचामा आई कोणसभामा परिणत भई सकिएको हो । ¥यालीमा सरकारको राजिनामा काँग्रेस अर्घाखाँचीले माग गरको छ । 

भष्ट्र सरकार राजिनामा दे, स्वतन्त्र न्यायपालिका कायम गर, बढ्दो मुल्यवृद्धि फिर्ता गर लगाएतका नारा लगाउँदै सरकारको विरोध गरेको हो । काँग्रेसले पहिलो चरणको जागरण भुमिकास्थान नगरपालिकाको असुरकोट, खिल्जी, नुवाकोट, धनचौर, ढिकुरा शितगंगा नगरपालिकाको ठाडा, सितापुर, जलुके, जुकेना, सिमलपानी, सिद्धारा, छत्रदेव गाउँपालिकाको चिदिका, बल्कोट, केरुङ्गा, छत्रगञ्ज, ठुलापोखरा, भगवती, अर्घातोष र मरेङ्गमा सम्पन्न गरेको काँग्रेसका सभापति विष्णु मुस्कानले जानकारी दिए ।

वर्तमान सरकार सुनकाण्ड, बालुबाटार काण्ड, हवाईटवोडी काण्ड, निर्मला वलात्कार काण्ड लगाएत काण्डै काण्डमा फसेर सवै काण्डहरुको संरक्षण सरकारबाटै भएको बताए । उनले जनतालाई न्याय दिने काम सरकारले नगरेको बताए ।

सरकारले गरेका कामको विरोध गर्न, जनतालाई जागरुक बनाउँनका लागी काँग्रेसले जनजारण अभियान सञ्चालन गरेको बताए । जागरण अभियानले काँग्रेसमा केही सुधार आएको बताए । सरकारले आफना आसेपासे बाहेक जनताको हितको लागी कुनै पनि काम गर्न नसकेको उनको भनाई रहेको छ ।

जिल्ला सचिव छविलाल पौडेलको सञ्चालनमा सम्पन्न कोणसभा तथा विरोध ¥यालीमा जिल्ला कार्यसमिती, महासमिती सदस्य, महाधिवेशन प्रतिनिधी, जनप्रतिनिधी, तरुण दल, महिला संघ, नेविसंघ, दलित संघ, भुपु सैनिक संघ, ट्रेड युनियन काँग्रेस, शिक्षक संघ, प्रेस युनियन, कर्मचारी संघ, स्वास्थ्यकर्मी संघ लगाएतका भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधीको उपस्थित रहेको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.